मुर्दा सहरको रुपमा परिणत हुदै पूर्वाञ्चल
मेचीनगर अनलाइन
|
Wednesday, August 25, 2010
|
2 comments
‘सडेर देश अमर आत्मा कहिल्यै मदैैन बितेर युग सम्झना तिम्रो कसैले भल्दैन ।’
![]() |
| दिनेश कार्की |
माथिको कवितात्मक पंक्ति सुनसरी तरहराको जंगल सुरु हुनसाथ पानीपियको जंगलमा सडकबाट झण्डै २ सय मिटर भित्रसम्म र झण्डै २ किलोमिटर लम्बाईमा वन र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका चिहानहरु मध्धे एक चिहानमा लेखिएको पंक्ति जस्ताको तस्तै निकालिएको हो । किराँतहरुले आफन्तको मृत्युपछि दाहसंस्कार गरिएको ठाउँमा अति आकर्षक घर, मन्दिर तथा चेत्य जस्ता देखिने अनेक आकृतिका चिहानहरु निर्माण गरी मृतकहरुको सम्झनालाई चिरस्थायी वनाउने लहर विशेष गरी पूर्वाञ्चलमा प्रतिस्पर्धा नै बनेको देखिन्छ ।
यहीँ प्रतिस्पर्धाको सिकार बनन पुगको छन्, सार्वजनिक जग्गा एवम वन जंगल । हिजोआज घनाघोर हरियो जंगल भव्य सहर जस्तो देखिने गर्छ । मरेको मान्छेको दाहसंस्कार गरेको स्थानमा बनेका घरै–घर (चिहान) अर्थात मसानघाट पुगदा देखिने दृष्य कतै मन्दिरले भरिएको वनकाली डाँडो जस्तो, कतै चैत्यले भरिएको स्वयम्भू क्षेत्र जस्तो, कतै युरोपेली शैलीका महल भएका सहर त कतै अमेरिकाका चिहान घाटतिर पुगेका जसतो जो कोहीले महसुस गर्न पुगछन् । पूर्वाञ्चलमा खासगरी सप्तरी, सुनसरी, मोरङ झापा जिल्लाका किराँतहरुको बसोबास भएको राजमार्ग क्षेत्रमा खर्चिलो तथा भड्किलो रुपमा चिहान बनाउने परम्परा अहिले समस्याको रुपमा देखा पर्नथालेको पाइन्छ । साथै पूर्वाञ्चलका पहाडी जिललाहरु इलाम, संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ्ग, धनकुटा, सोलु, उदयपुर आदीमा पनि किराँतहरुको बसोबास भएका क्षेत्रमा आर्थिक र साँस्कृतिक बोझका रुपमा यो समस्या देखा पर्न थालेको विज्ञहरुको ठहर छ ।
संस्कृतिको नाममा हुर्कर्दै गएको विकृतिले एकातिर विछोडको पीडामा भावविह्वल बनिरहेको परिवारमा थप आर्थिक बोझ थपिदिएको पाइन्छ भने अर्कोतिर वातावरणमा समेत प्रतिकुल असर पुगेको पाइन्छ ।
हुनत ‘सयौं फुलका थुंगा हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेचीमहाकाली....’ भन्ने हाम्रो राष्ट्रिय गीत झै विभिन्न जातजाति र संस्कृतिले सजिसजावट मुलुकमा बसोबास गर्ने केही नेपालीहरुको संस्कृतिको विरोध गरेजस्तो बुझिन आउँछ । फेरी हाम्रो मुलुक निश्चित धर्मालम्वाहरुको मुलुक पनि होयन । यसैकारण यहाँ सबैले आ–आफ्नै रीतिरिवाज, भाषा संस्कृतिलाई शिरोपर गर्ने अधिकार पनि भएकाले यो विषय उठाउनु भनेको विरोध गरिएको देखिएतापनि वास्तविकता भने त्यो होयन । मृत्युपछि स्थायी रुपमा भवन, मन्दिर, चैत्य आदिको आकारमा सिमेन्ट, फलाम आदीको प्रयोग गरी प्रतिस्पर्धात्मक रुपमा आकर्षक चिहान निर्माण गर्ने होडमा अनावश्यक रुपमा सार्वजनिक रुपमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने, फडानी गर्ने, जैविक विविधता, विनाश गर्ने, हरियाली व्यवस्थापन गर्ने तथा आम्दानीको ठुलो हिस्सा मृत्यु संस्कारमा खर्च गरेर अर्थहिन मुर्दार निर्माण गर्ने कार्य तीब्र रुपमा बढ्दै गइरहेको छ । किराँतहरु खासगरी राई, लिम्बू, तामाङ, गुरुङ, सुनुवार आदी जातिले विशेष रुपमा यो संस्कारलाई बढावा दिएको भएतापनि यसले दीर्घकालीन रुपमा प्रत्यक्ष असर भने पु¥याइरहेको हुन्छ । झापा जिल्लाका केही क्षेत्रमा कृष्णप्रणामी धर्म मान्ने क्षेत्री–बाहुन आदि जातिलाई गाडेर बनाइएका यस्ता पुराना चिहानघाट नभेटिने भने होइन । यसरी निर्माण गरिएका चिहानहरुमा मृतकको अस्तित्व देखाउन भवन, मन्दिरका आकृति निमार्मण गरेको मात्र नभई मृतकको परिचय दिने र भावनार्ल समेत प्रतिनिधित्व गर्ने मार्मिक प्रसङ्गहरु लिपिबद्ध समेत गरेको भेटिन्छ ।
जुनसुकै कारणबाट मृत्यु भएको भएतापनि खर्चिला र वातावरणमा प्रतिकुल असर पार्ने चिहानहरु बनाई अनेक किसिमकमा टिपोटहरु लेखिएको देखिन्छ ।
चिहानका लागि जग्गाको जोहो :–
प्रायःजसो बनाइएका चिहानहरु मध्धे २–२ वटा चिहान सँगसँगै राखिएको पनि थुप्रै भेटिन्छ । यस्ता चिहानहरु विशेष गरेर श्रीमान्÷श्रीमतीका हुने गर्छन् । सँगै जीवन विताएका परिवारमा मानिसहरु मरेपछि पनि लाशलाई सँगै गाड्द सँगै बस्दाको अनुभूति लिन सकिन्छ भन्ने विश्वासका कारण मसानघाटमा पनि परिवारको रुपमा समूहमा बस्ने अनौठो मोहले गर्दा जिउँदै अवस्थामा आप्mनो चिहानका लागि सार्वजनिक जग्गा कव्जा गर्ने प्रवृत्ति पनि यो समुदायमा रहेको पाइन्छ । मृत्युपूर्व मृत्यु हुनेले लाश गाड्नु वा जलाउनु जे भनेको छ त्यही अनाुसार लास गाड्ने वा जलाउने यो समुदायमा मृत्युपछि चिहान बनाइ आफन्तको सम्झनालाई ताजै बनाउने परम्परा नेपालमा मात्रै होइन विश्वको अधिकां्रश मुलुकमा पाइन्छ । पछिल्ला दिहरुमा विशेष गरी पश्चिमी संस्कृतिलाई पछ्याउँदै नेपालमा पनि चिहमान बनाउने परम्पारको विकास भएको मानिएता पनि ेपालको सार्वजनिक जग्गा, वन लगायतका क्षेत्रमा चिहान बनाइएको पाइएतापनि कहाँ कति छन् भन्ने यसको लेखाजोखा हुन प्राय असम्भ नै छ । तर, प्रायजसो जंगलमा खुल्ला सार्वैज्निक जग्गामा यस्ता चिहानहरु भने बग्रन्ती भेटिन्छ । र चिहान बनाउने अहिले होडबाजीको रुपमा आगडी बढेका पाइएतापनि त्यसमा झन् आफन्तहरुको सँगै लास गाड्ने परम्पराले गर्दा जग्गाको जोहो गर्ने उद्देश्ले झनै सार्वजनिक जग्गाको अतिक्रमण तथा वन जंगल फडानी कार्य तिव्र रुपमा अगाडि बढेको पाइन्छ । पहिला–पहिला लासलाई जंगल, खोलातिर बढाइने र हुनेहरुले उसको नाममा पाटी÷पौवा बनाउने, गौडाहरुमा वरपिपल रोप्ने गर्दा यात्रीहरुलाई सुविधा हुने, वातावरण असल हुने गथ्र्यो तर हिजो–आज अन्धाधुन्त खर्च गरेर वातावरण विनास गर्ने काम भइरहेको छ । कसले ठूलो र राम्रो बनाउने भन्ने हमोडका साथै आफन्तको एकै ठाउँमा चिहान बनाउने उद्देश्यवले जग्गा आगट्ने चलन पनि बढ्दै गैरहेको छ । एकै परिवार वा व्यक्तिले ५ धुर देखि १ कड्डासम्म जंगलको जमिन काँडेतार तथा पर्खालले घेरेर जग्गा ओगटेको पाइन्छ । यसरी घेरिएको जग्गामा केहीमा एउटा चिहान बनाई परिवारको लागि ओगटेको देखिन्छ भने कही पुरै खाली पान्छ । रयही क्रम बढ्दै जाने हो भने हरियो वन नेपालको धन होइन हरियो वन चिहानको धन भन्ने दिन अब धेरै टाढा छैन भन्दा फरक नपर्ला । कति छन् चिहान ?
धरानको तीनकुने देखि पुरानो घोपा क्याम्पसम्म सडकको दक्षिणतिर झण्डै १ सय ५० मिटर चौडाईमा झण्डै २ किलोमिटरसम्म बाक्लै चिहान राखिएका द्धछन् । चैत्य, माने, मन्दिर, भवन र कुनै सुतेको आकारका चिहानहरुमा केही न केही टिपोटहरु लेखिएको पाइन्छ र यहाँ पनि चिहानलाई कपुरथान नै मानिएको छ । यी कपुरथानहरु जातिगत हिसावले छुट्टाएर तीनकुने पश्चिमपट्टि गुरुहरुको त्यसपछि तामाङ्ग लामाहरुको, मुसलमानहरुको, राई लिम्वू र तयसपछि ब्रिटिस क्यम्पभित्र कयाम्पसमा काम गरेका विदेशीहरु तथा ब्रिटिस आर्मीमा काम गरेका नेपालीहरुका पनि चिहान छन् । क्याम्पभित्र पनि झण्डै एक विगाहाभन्दा बढी जग्गामा बाक्लै चिहानहरु बनाईइएको देखिन्छ । तर बाहिर जस्तो घर, मन्दिरहरु चाहीँ छैनन् । साना–साना स्ल्याबरुमा टिपोर्टहरु लेखिएका छने् । धरानको यस क्षेत्रमा मात्र २० हजार बढी चिहानहरु भएको र त्यसमध्धे करिब ३ हजार २०–२५ हजार रुपैयाँ देखि २÷३ लाखसम्मको खर्चमा निर्माण गरिएको अनुमान गर्न सकिन्छ । पूर्वाञ्चलको धरान छोडेर इटहरी पूर्वतिर लागेपछि (विशेष गरी ) राजमार्ग उत्तरतिर पनि जंगलको छेउमा प्रशस्तै चिहान भेछिन्छन् । इटहरी पूर्व रहेको गछिया खोला किनारैमा केही चिहानहरु पाइएका छन् । मोरङ कानेपोखरी, बेलबारीमसम्मको राजमार्ग उत्ततर्फ भने मनै लोभ्याउने आधुनिक शैलकिा भवनजस्ता असंख्य चिहानहरु देखिन्छन् । सो क्षेत्रबाट मृतक लैजाने गरेको पाइन्छ । यसैगरी झापाको दक्षिणतिर गरामनी, अनारमनी गाविसमालर्य समेट्ने सैनिक बजार क्षत्रेका मानिसहरुले पनि चिहान बनाएको पाइन्छ । झापाकै सैनिक बजार निकट गोलधापमा पनि करिब साढे २ विधा जग्गामा बाक्लोगरी चिहान बनाएको देखिन्छ । यस्तै विर्तामाडबाट काँकरभिट्टा बीचमा पर्ने प्रशस्तै चिहान देख्न सकिन्छ । चिहान बनाउने संस्कृतिको विकास :–
विभिन्न आकृतिका साधारणदेखि अति आकर्षक चिहान बनाउृने परम्पार केही दशकयता मात्र सुरु भएको पाइन्छ । राई, तामाङ, लिम्वु, गुरुङ, मगर, सुनुवार, शेर्पा, आदी पहाडी जातिहरुको हमृत्यु हुँदा पहाडमा चारकुने ढुंगा मिलाएर चिहान बनाइन्थ्यो, पछि सो चिहान माटोमै मिल्थ्यो । यिवस्तारै यी जातिहरु तराईतिर झरेपछि चारपाटे ढुंगा नपाउँदा काठको बाकस पनि बनाउने गरिन्थ्यो तर, पछि लाहुरेहरु विदेशबाट फर्केपछि विदेशीको नक्कल गर्दै सिमेन्ट लगाइयो । यो नक्कल गर्ने प्रवृत्ति फैलिएर पहाडी जिल्लाहरु पाँचथर, संखुवासभा, उदयपुर, खोटाङ्ग, ओखलढुंगा, सोलुखुम्वु आदिसम्म पुगेको पाइन्छ ।
निचोड :–
अहिले विशेष गर्री पूर्वी क्षेत्रमा चिहान बनाउने लहर चलेको छ । यही क्रमले अधिराज्यभर सबै जातजातिले गर्दै जाने हो भने केही वर्षमै हाम्रा घना जंगल र खेतियोग्य जमिन समेत मसान घाटमा परिणत हुनेछन् । मान्छेलाई गास बासभन्दा पनि लासको चिन्ता लाग्न थालेको छ । आफ्नो मृत्युपछि लास गाड्ने ठाउँ नपाइएला भन्ने मर्ने बेलामा पनि चिन्ताले सताउने छ ।
केही दशकयता मात्र सुरु भएको यसतो प्रचलनले सांस्कृतिक परम्पराको मान्यता र गहनतालई आत्मसात गर्न थालेको सकेको भने देखिन्न, केवल यो विदेशीको नक्कल र फैसलाको रुपमा समाजमा आर्थिक, बोझा, विकृति र विसंगति मात्र बढाईरहेको पाइन्छ । विस्तारै–विस्तारै जन्म विवाह, कर्म रतथा सामान्य मृत्यु संस्कार वर्त नै धौ–धौ हुनेहरुको बाहुल्यता रहेका हाम्रो नेपाली समाजमा खर्चिला चिहमान बनाउने परम्पार थोपरिनु कदापी उचित होइन । यसको मतलब ती इतिहास बन्नसक्छ तर आगामी दिनमा भने यस्तो कार्यलाई रोकेको खण्डमा वातवरणीय प्रतिकुल असर भने नपर्ने निश्चित छ ।
Filed Under: समाचार


Dinesh bro ek dam Ramro ra sammnaya gyan ko jasto kura leknu bhyako rakhecha .When i read really feel good thx
दिनेशजी तपाइँ जस्तो एउटा शिकक्षित बेक्तीले कुनै पनि जाति को संस्कृति प्रति तेस्तो नकरात्मक लेख लेख्नु एउटा लजास्पद र घिन लाग्दो कुरा हो,तपाइँ लै सार्बजनिक जगाको र वातावरणको तेस्तो ख्याल गर्नु हुँदो रहेछ तर एउटा कुरा क भेने मानिस को मिर्तु पछि तेस्लाई जलाउने हो भेने त्यो लास जलाउनु को लागि कति रुख बिरुवा हरु फडानीस्तो गर्नु पर्ने हुन्छ भन्ने कुरा सायद तपाइले तेस्को बारेमा सोच्नु भएको रहेनछ,अर्को कुरा तपाई ले चिहान बनाउदा होडबाजी र सम्पति खर्च हुने विचार लेख्नु भएको रहेछ तर यो त नितान्त ब्यक्तिगत कुरा हो नि हैन र कसैले आफ्नो प्रिअजन को लागि केही खर्च गर्छ भेने तेस्मा कसैले टाउको दुखाउनु पर्छ जस्तो मलाई लाग्दैन तपाई ले राई,लिम्बु,गुरुङ,आदि समुदाय लाई लक्छित गरि लेख्नु भएको मा मलाई दुख लागेको छ सायद तपाई ले हिजो आज क्षेत्री बाहुन समुदायको बैवाहिक कार्यक्रममा कति को तडक भडक र देखावटी हुन्छ भन्ने कुरा ख्याल गर्नु भयको रहेनछ र तेस्मा कति को खर्च हुन्छ त्यो आफै मुल्यांकन गर्नु होला,र कृपया यस्तो संबेदनसिल समय मा एस्तो बिषय मा लेख्दा ख्याल राख्नु होला भन्ने आशा राखको छु.
इन्दुकेश पाण्डे
पशुपतिनगर ईलाम
hal adelaide south australia