• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

६ सय भन्दा बढी शरणार्थीको सम्बन्ध बिच्छेद


विर्तामोड ९ भाद्र भुटानी शरणार्थीमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्यामा बृद्धि भएको छ । 
भूटानी शरणार्थी पुर्नवास कार्यक्रम लागु भएपछि शरणार्थीहरुबीच सम्बन्ध विच्छेद गर्नेको संख्या बढेर गएको हो । सन् २००३ देखि २०१० सम्ममा ६ यस भन्दा बढी शरणार्थीको समन्ध विच्छेदको फैसला अदालतले गरेको झापा बारले जनाएको छ । झापा बारका अनुसार सन् २००३ मा १५ वटा, २००४ मा २६ वटा, २००५ मा ४७ वटा, २००६ मा ७३ वटा, २००७ मा १०४ वटा, २००८ मा १६९ वटा, २००९ मा १४७ वटा र २०१० मा अगष्टसम्ममा ७५ वटा सम्बन्ध विच्छेदका मुद्धा फैसला भइसकेका छन् । पुर्नवास कार्यक्रमले सम्बन्ध विच्छेदको घटनामा बृद्धि भएको बढेर गएको बार स्रोतले जनाएको छ । शरणार्थीका मुद्धामा ६० प्रतिशत सम्बन्ध विच्छेदका छन् भने बाँकी ४० प्रतिशत हाडनाता करणी, जबरजस्ती करणी, मानव बेचविखन लगायतका मुद्धाहरु झापा बारले हेर्ने गरे
को छ । शरणार्थीलाई सम्बन्ध विच्छेद लगायतका विषयमा झापाबाट युएएचसी आरद्धारा सञ्चालित शरणार्थीहरुको ससमबद्र्धन र व्यवस्थापन कार्यक्रम अन्तरगत मुद्धा गर्ने गरिएको छ । कतिपय मुद्धाको प्रकृति हेरेर मिलापत्र समेत गर्ने गरिएको बारले जनाएको छ। शरणार्थीका मुद्धा हेर्न शिविरमा युनएचसीआर र बारको सम्झौता अनुसार अधिकृत स्तरका ५ जना क्याम्प लयर राखिएको छ । तेस्रो देश पुर्नवासका नाममा शरणार्थीको सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको स्वीकार्दे एक शरणार्थी नेताले भने–‘पुर्नवास कार्यक्रम नरोकिए झन् बढेर जाने निश्चित छ ।’

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply