• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

गोर्खाल्याण्डबाहेक अरु विकल्प छैन

काकडभिट्टा १० भाद्र भारतीय गोर्खालीहरुको छाता संगठन भारतीय गोर्खा परिसंघले छुटै राज्य गोर्खाल्याण्ड बाहेक कुनैपनि व्यवस्थामा भारतीय गोर्खालीहरुको पहिचान नहुने बताएको छ । भारतीय गोर्खालीहरुको छाता संगठन परिसंघले गोर्खाल्याण्डले मात्र भारतीय गोर्खाहरुको हित हुने भन्दै राजधानी दिल्लीमा कुटनीतिक पहल शुरु गरेको जनाएको छ ।
भारत पश्चिम बंगालको दार्जीलिङमा नेपाली भाषी गोर्खालीहरुका लागि अन्तरीम व्यवस्थाका विषयमा केन्द्र र राज्य सरकारसंग छलफल चल्दै गर्दा परिसंघले कुटनीतिक पहल शुरु गरेको हो ।
भारतीय गोर्खा परिसंघका अनुसार परिसंघको कार्यकारी अध्यक्ष डाएनोस दास


प्रधान नेतृत्वको टोलीले केही समय अघि कंग्रेस पार्टीका महासचिव के केशवा राव र समाजवादी पार्टीका पूर्व महासचिव तथा राज्य सभाका सांसदलाई अमर सिंहलाई भेटेको थियो । अमर सिंहले राज्य सभामा गोर्खाल्याण्डको मुद्धा उठाउने प्रतिबद्धता जनाएको बताइएको छ भने कंग्रेस महासचिव के केशवा रावले छुट्टै राज्यका लागि केही समय पर्खन भनेका थिए ।
पश्चिम बंगालको पहाडि जिल्ला दार्जीलिङमा गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चा भने अन्तरीम व्यवस्थाको आकारका विषयमा केन्द्र र राज्य सरकारसंग छलफलमा छ । यहि बेला किन परिसंघले केन्द्रमा पार्टीका नेताहरुसंगको भेटघाटलाई तिब्रता दिएको हो । परिसंघका महासचिव सुखमान मोक्तानले भने, "गोर्खाल्याण्ड बाहेक अरु कुनैपनि व्यवस्थाले भारतीय गोर्खालीहरुको पहिचान कायम नरहने भएकाले हामी केन्द्रीय नेताहरुलाई गोर्खाल्याण्डको आवश्यकता बारे अवगत गराइरहेका छौं ।"
दार्जीलिङमा आन्दोलन गरिरहेको गोर्खा जनमुक्ति मोर्चा केन्द्र सरकार र पश्चिम बंगाल राज्य सरकारका प्रतिनिधि विचका विगतका वार्ताहरुमा अन्तरीम व्यवस्थाको गठन गर्ने विषयमा भएपनि त्यसको स्वरुपका बारेको छलफल जारी छ । तर भारतमा गोर्खालीहरु बसोबास गर्ने प्राय सबै राज्यहरुमा शाखा रहेको परिसंघका अनुसार छुट्टै राज्य वाहेक कुनै पनि व्यवस्था भारतीय गोर्खालीहरुको हितमा हुँदैन । परिसंघका महासचिव मोक्तानले भने, "राजनीति शास्त्रले पनि छुट्टै राज्य बाहेक अन्य कुनैपनि व्यवस्थाले त्यहाँ बसोबास गर्ने मानिसहरुको पहिचान खुल्दैन ।"  
केही दिन अघि गोर्खाल्याण्डको मुद्धा सेलाए आफैंले आन्दोलन चर्काउने दार्जीलिङ गोर्खा पार्वत्य परिषदका पूर्व अध्यक्ष सुवास घिसिङले चेतावनी दिएका थिए । यही बेला भारतीय गोर्खालीहरुका अन्य संघ संगठनहरुले समेत गोर्खाल्याण्ड आन्दोलन नतुहाउन खबरदारी गर्न थालेका छन् ।   

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply