२ दिनको लागि दार्जिलिङ बन्द र्फिता
मेचीनगर अनलाइन
|
Wednesday, August 25, 2010
|
0 comments
काकडभिट्टा ९ भाद्र प्रहरीले निकेल तामाङलाई सकुसल ल्याउने आश्वासन दिएपछि गोर्खा जनमुक्ति मोर्चाले आव्हान गरेको अनिश्चितकालीन दार्जिलिङ वन्द दुई दिनका लागि स्थगित गरिएको छ ।मोर्चाका प्रचार सचिव डा. हर्कबहादुर क्ष्ँेत्रीले दुई दिनभित्र तामाङलाई सार्वजनिक नगरिए वन्द पुनः सुचारु ह्ुने बताए ।
गोर्खा जनमुक्ति मोर्चाले निकेल तामाङको प्रहरी हिरासतै हत्या भएको आशंका गरिरहेका वेला वंगाल सरकारले भने
तामाङलाई सकुशल फेला पार्नेलाई ५० हजार इनामको घोषणा गरेको छ । वंगाल प्रहरीले तामाङको गिरफ्तारीका लागि बुधवार देखि विशेष फोर्स परिचालन गरेको छ । प्रहरी प्रमुख डिपी सिंहले तामाङको खोजी तीव्र पारिएको जनाएका छन् । प्रहरीले तामाङ भागेर नेपाल छिरेको आशंका गर्दै सीमा क्षेत्रमा सर्तकता अपनाएको छ । सीमा सुरक्षा वलको सहयोग लिएर प्रहरीले नेपाल–भारतको सीमाको पानीटंकी र पशुपतिनगर नाकामा चेक जाचलाई तीव्रता दिएको छ ।
सिलिगुडीको पिन्टल भिलेजस्थित प्रहरी हिरासतमा रहेका तामाङ तीनदिन अघि फरार भएको प्रहरीले बताउदै आएको छ । तर, मोर्चाले भने तामाङ हिरासतमै मारिएको हुन सक्ने आशंका व्यक्त गर्दै आएको छ ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed