झापाका ३६ प्रहरी कारवाहीमा प्रहरीको एक बर्षे फेहरिस्त सार्वजनिक
मेचीनगर अनलाइन
|
Thursday, August 26, 2010
|
0 comments
चन्द्रगढी ११ भाद्र प्रहरी ऐन र नियमावली विपरीत कार्य गर्ने झापाका ३६ जना प्रहरी कारवाहीमा परेका छन् । ३६ मध्ये एकजना असईसहित तीन जना प्रहरी निष्कासित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय भद्रपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रबीन्द्र शर्माले ऐन बिपरीत कार्य गर्ने ३६ प्रहरीलाई नसिहत देखि निष्कासन सम्मको कारवाही गरिएको जानकारी दिनुभयो । कारवाहीमा दुई जना प्रहरी नायव निरीक्षक(सई)–देखि प्रहरी परिचरसम्म रहेका छन् । प्रहरी ऐनमा नसिहत, घटुुवा, बढुवा रोक्का, ग्रेड रोक्का, निलम्बनदेखि निष्कासनसम्मको कारवाही हुने व्यवस्था छ ।
प्रहरी नियमावली अनुसार प्रहरी उपरीक्षकले हवल्दार सम्मलाई निष्कासन गर्न सक्ने अधिकार रहेको छ भने असईलाई डीआइजीले र सईलाई आइजीले निष्कासन ग
र्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ । यसैगरी प्रहरी अधिकृत (इनिस्पेक्टर) वा सो भन्दा माथिका प्रहरी अधिकारीलाई भने गृह मन्त्रालयले निष्कासन तहसम्मको कारवाही गर्न सक्दछ । प्रहरी ऐन बिपरीत कार्य गरेकाले ३६ प्रहरी कारवाहीमा परेको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो । शान्ति सुरक्षा र प्रहरी संगठनलाई अनुशासित बनाउन कारवाही गरिएको र राम्रो काम गर्ने १ सय ६ प्रहरीलाई पुरस्कृत पनि गरिएकोे शर्माले बताउनु भयो ।झापामा अघिल्लो आर्थिक बर्षको तुलनामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रगति भएको तथ्यांक रहेको छ । पत्रकार सम्मेलनमा पेश गरिएको तथ्यांकमा एक बर्षमा १ हजार ४ सय ८९ वटा घटना भएकोमा ७ सय १७ वटा मुद्दा दर्ता भएका छन् । ५ सय ३६ अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरिएकोमा १ सय ६३ जना कारागार चलान भएका छन् । १२ वटा हतियार वरामद भएका छन् भने २४ जना पक्राउ गरी २३ जनालाई जेलचलान गरिएको छ । एक जना धरौटीमा छाडिएका छन् । चन्दामा २४ जना पक्राउ गरी १८ वटा मुद्दा दर्ता भएका थिए । मानव अपराधमा १५ जना पक्राउ परेको र त्यस मध्ये १ जना जेलचलान भएका छन् । लागु औषधका १५ घटनामा २४ जना पक्राउ परेका मध्ये ७ जना जेल चलान भएका छन् ।
यसैगरी जवरजस्ती करणीका २८ घटनामा ४४ जना संलग्न भएकोमा २४ जना पक्राउ परे भने २० जना जेल चलान भए । मानव बेचबिखनका २ घटनामा संलग्न तीनै जना जेल चलान भएका छन् । यसैगरी चोरीका २४ वटा साना सवारीसाधन र ४० वटा मोटरसाइकल पक्राउ परेका थिए । पक्राउ परेका मध्ये ३ वटा मोटरसाइकल धनीलाई फर्काइएको थियो भने ६४ वटा सवारीसाधन मेची भन्सार कार्यालयमा बुझाइएको छ । झापामा गएको आर्थिक बर्षमा १ सय ७ वटा ठूला सवारीसाधन र ५९ वटा साना सवारी साधन दुर्घटना भएका थिए । १ सय ९१ वटा मोटरसाइकल दुर्घटना भए । दुर्घटनामा ८५ जनाको मृत्यु भएको थियो भने ३ सय ६५ जना घाइते भएका थिए । दुर्घटनाबाट २ वटा चौपाया मरे भने ४ वटा घाइते भएको तथ्यांक छ । प्रहरी उपरीक्षक शर्माले साधन स्रोतको अभाव हुँदा हुँदै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न प्रहरीले सफलता पाएको दावी गनु भयो । दुई दिन अघि भद्रपुरका विजय साह र सञ्जीव घोषका पक्राउ परेका सामान कानुनसम्मत रहेको शर्माले बताउनु भयो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed