जटायु रेष्टुरेन्टबाट गिद्वको संरक्षण
मेचीनगर अनलाइन
|
Thursday, August 26, 2010
|
0 comments
दिनेश कार्की विर्तामोड झापा पन्ध्र/बीस बर्ष अघि सम्म एउटा सीनोमा सयौं गिद्व झुम्मिन्थे । मानिस गिद्वलाई असुभ पन्छीके रुपमा लिन्थे । अहिले पनि कसैलाई गाली गर्नु प¥यो भने गिद्व शब्द प्रयोग हुने गर्दछ । तर २० बर्ष अघिको पुस्ताले सीनोमा भुम्मिएको खालखालका गिद्व देखेको अनुभव अब फोटोमा मात्र सीमित हुने भएको छ । नयाँ पुस्ताले गिद्व हेर्न कि त चिडियाखाना जानु पर्छ कि त नवलपरासीको जटायु रेष्टुरेन्टमा । प्रकृतिको कुचिकार मानिएको गिद्व लोप हुँदै गएपछि अहिले त्यसको संरक्षणमा सरकारदेखि गैरसरकारी संस्थासम्म सक्रिय छन् । बाघ लोप भएजस्तै यो पन्छी पनि लोप हुँदै गएको विज्ञहरुको भनाई छ । बाघ बासस्थान र आहारको कमीले लोप भएको हो ।
तर गिद्व भने विषादीको प्रयोगले लोप भएको हो । भारतले जथाभावी उत्पादन गरेको डाइक्लोफेनक नामक पशुलाई खुवाइने औषधीका कारण गिद्व लोप हुँदै गएको तथ्य फेला परेपछि त्यसको रोकथामका लागि सार्क मुलुक नै सक्रिय भएका छन् । गिद्व संरक्षणका विषयमा बिहीबार भद्रपुरमा एक अन्तक्रिया आयोजना भयो । गोल्डन भ्याली युथ क्लब जिर्मले इलामको आयोजनामा भएको कार्यक्रममा डा. सूर्य पौडेलले गिद्व संरक्षणका विषयमा प्रकाश पार्दा सहभागीले चिन्ता प्रकट गरे । भेटनरी व्यवसायी, पशु प्राविधिक र सञ्चारकर्मी चासै नभएको विषय गिद्वका कुरा सुनेर गम्भीर भए । डा. सूर्य पौडेलले गिद्वको बारेमा बताइ रहँदा हेयको दृष्टिले हेरिने गिद्वको संरक्षणमा सबैको चासो बढेको थियो । संसारमै सबै भन्दा बढी दक्षिण एसियामा गिद्व लोप भएको पाइन्छ । भारतमा २० बर्ष अघि भएको गिद्वको तथ्याङ्कलाई आधार मान्दा ९९ दशमलब १० प्रतिशत गिद्व लोप भइसकेका छन् । दक्षिणपूर्वी एसियामा पाइने ४ प्रजातिका गिद्व मध्ये नेपालमा तीन प्रकारका पाइदा रहेछन् । सार्क मुलुकमा सन् २००६ देखि गिद्व संरक्षण अभियान सुरु भएको हो । डाइक्लोफेनेक नामक विषादी पशुलाई खुवाएको १० दिन भित्र पशु मरेमा त्यस्तो मरेको पशु गिद्वले खाँदा गिद्व लोप हुँदै गएको डा. पौडेलले बताउनु भयो । डाइक्लोफेनेक औषधीले गिद्वको किड्नी र कलेजो खराब भएर गिद्वको बिनास भएपछि भारतले उक्त औषधी उत्पादनमा प्रतिबन्ध लगाएको छ । यद्यपी भारतमा लुकी–छुपी उत्पादन हुने औषधी नेपालका सीमावर्ती इलाकाका पशु औषधालयबाट बिक्री भइरहेका छन् । डाइक्लोफेनेक औषधी खाएका पशु मरेपछि गिद्वले आहाराको रुपमा खाँदा गिद्वको किड्नी फेल हुने गरेको हो ।नेपालको नवलपरासीदेखि रुपन्देशी, दाङ, कास्की लगायतका स्थानमा जटायु रेष्टुरेन्ट सञ्चालन गरी गिद्व संरक्षण अभियान सुरु भएको छ । बुढापशुलाई संरक्षण गर्ने र तीनको मृत्युपछि गिद्वको आहाराको रुपमा खुवाइने गरिएको छ । यसैगरी झापाको सीमावर्ती इलामको जिर्मले गाविसको सलकपुरमा गिद्वको बासस्थान रहेको छ । कार्तिक, मंसिर, पुस, माघ महिनामा बस्न आउने गिद्वको संरक्षण गर्न नवलपरासीको जस्तै जटायु रेस्टरेन्ट खोल्नु पर्नेमा युथ क्लबका अध्यक्ष कुमार मोक्तानले सबैलाई आग्रह गर्नु भएको छ । लोपोन्मुख पन्छी गिद्वको संरक्षणमा लागेको क्लब जिर्मलेमा जटायु रेस्टरेन्ट खोल्ने योजनामा छ । तर आर्थिक अभावले त्यो कार्य पुरा हुन नसकेको मोक्तानले बताउुन भयो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed