उद्घोषण तालिम सम्पन्न
मेचीनगर अनलाइन
|
Friday, August 27, 2010
|
0 comments
प्रदिप परियार, झापा
मदनभण्डारी फाउण्डेसन झापा शाखाले आयोजना गरेको एकदिने आधारभूत उद्घोषण तालिम शुक्रबार कार्यालयको सभाहलमा सम्पन्न गरेको छ । झापाका प्रत्येक गाविसमा रहेको नेकपा एमाले गाउँ कमिटीका सचिव, गाउँ कमिटीका सचिव वा उप–सचिवले कार्यक्रम सञ्चालन गर्न सहजहोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको फाउण्डेसनका सचिव चिन्तन पाठकले बताए । तालिममा २५ जना प्रशिक्षार्थी सहभागि भएका थिए । तालिममा फाण्डेसनका सचिवालय सदस्य
रामचन्द्र उप्रेती र नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रेम गिरीले सहजीकरण गर्नु भएको थियो । त्यसैगरी भोली(शनिबार) मेची सहकारी दमाकमा पनि तालिम सञ्चालन हुने फाउण्डेसनका कार्यालय सचिव सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed