शरणर्थीलाई कम्प्युटर सूचना तालिम
मेचीनगर अनलाइन
|
Monday, August 30, 2010
|
0 comments
१४ भदौ , दमक/ झापाको बेल्डाँगी स्थित भुटानी सरणार्थीहरुलाईं कम्प्युटर सुचना तालिम सुरु गरिएको छ ।
नेपालमा रहेका भुटानी शरणार्थीहरु तेश्रो मुलुक प्रस्थान हुन थालेपछि नेपालमा रहेका आफन्तजनसंग सुचनाको पहुँच पुर्यउन यस्तो किसिमको तालिम प्रदान गरिएको प्रशिक्षण संयोजक बासुदेब शर्माले बताउनु भयो । बिदेशमा रहेका अरुदेशमा गएका आफन्तजनसंग सहज रुपमा खबर आदन प्रदान गर्न अत्याधुनिक सुचना प्रबिधि अर्न्तर्गत कम्युटर इमेल, इन्टरनेटका बारेमा प्रशिक्षण दिइएको हो । ब्रेन नेपाल नामक गैर सरकारी संस्थाको सहयोगमा हाल एक हप्ते तालिम प्रदान गरिरहेको छ । बेलडाँगीकोे साइप्रस साइवर क्याफेमा ४० शरणर्थीहरुले निःशुल्क तालिम सिकिरहेका छन् ।
Filed Under: शरणार्थी


0 comments
Trackback URL | Comments RSS Feed