ग्यारेजबाट चोरीका गाडी प्रक्राउ
मेचीनगर अनलाइन
|
Sunday, August 29, 2010
|
0 comments
विर्तामाड १४ भाद्र जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले आइतबार चोरीका दुईवटा सवारी साधन ग्यारेजबाट पक्राउ गरेको छ ।
ट्राफिक प्रहरीले सुराकीका आधारमा विर्तामोडको रिङकु ग्यारेजबाट एउटा महेन्द्रा पिकअप भ्याउन पक्राउ गरेको छ । त्यसैगरी अतिथी सदन अगाडी वेवारिसे अवस्थामा राखिएको मे.१.प ८०८८ नम्वरको कालो एपाचे मोटरसाइकलसमेत पक्राउ गरेको छ । लगभग १० लाख मुल्यको पिकअप भारतीय गाडी भएको बताइएको छ । पक्राउ परेका दुवै सवारी साधन मेची भन्सार कार्यालयलाई बुझाइने ट्राफिक प्रहरी प्रमुख शान्तिराम कोइरालाले मेचीनगर अनलाइन लाई टेलिफोन मार्फत जानकारी गराउनुभयो । ट्राफि
क प्रहरीले यसअघि पनि चोरिका गाडी चार दर्जनभन्दा बढी जीप, कार मोटरसाइकल पक्राउ गरी मेची भन्सार कार्यलयमा बुझाइसकेको कुरा ट्राफिक कार्यालयका प्रहरी लीला कुमार श्रेष्ठ ले जानकारी दिनुभयो ।Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed