• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कहालीलाग्दो आत्महत्याको श्रृंखला

आत्माराम राजवंशी
झापा, ३१ साउन / झापामा विगत ७ वर्षमा आत्महत्या गरेर मृत्युवरण गर्नेहरुको संख्या ९ सय ८७ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयको जिल्लामा हरेक वर्ष आत्महत्याको घटना बढिरहेको समेत जनाएको छ । त्यसरी आत्महत्या गर्नेहरुमा महिलाको संख्या पुरुषकै हाराहारी छ भने गरिबी, बेरोजगारी, घरेलु हिंसा, व्यापार तथा प्रेममा असफलताका कारण मर्नेहरु बढी छन् ।
आर्थिक वर्ष ०६०/६१ मा १६९, ०६१/६२ मा १३९, ०६२/६३ मा १३०, ०६३/६४ मा १६२, ०६४/६५ मा १५७, ०६५/६६ मा १५६ र ०६६/६७ मा २३१ जनाले आत्महत्या गरेका छन् ।
धरैजसोले विष सेवन गरेर र झुण्डिएर आत्महत्या गरेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त थापाका अनुसार विष सेवन गरेर, झुण्डिएर, आगो लगाएर, औजार प्रयोग गरेर, हाम फालेर, करेन्ट लगाएर आत्महत्याका घटना हुने गरेका छन् ।
आर्थिक र पारिवारिक समस्या नै आत्महत्याको मुख्य कारण भएको नायव उपरीक्षक थापा बताउँछन् । प्रेममा असफलता, दीर्घरोग, मानसिक रोग, वेरोजगारी र गर्मी पनि आत्महत्याको कारण भएको उनले बताए ।
तथ्यांक अनुसार वृद्धवृद्धादेखि किशोर किशोरीहरुसम्म आत्महत्या गर्नेको सूचीमा परेका छन् । आत्महत्याका घटनालाई न्यूनीकरणका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनले बताए ।
समाजमा यस्ता घटनालाई कम गर्न मनोचिकित्सकद्वारा चेतनामूलक कार्यक्रम गर्न सके प्रभावकारी हुने थापा सुझाव छ ।
झापा र इलाममा नेपालको सबभन्दा बढी आत्महत्या हुने गरेको छ । गत वर्षसम्म इलाममा बढी आत्महत्या हुने गरेकोमा अब झापाले यो रेकर्ड उछिनेको छ ।
मेची अञ्चल अस्पतालका डा. बालकृष्ण साहले सर्ट टेम्पर्डका कारण महिलाहरुले आत्महत्या गरेको पाइएको बताए । ओरगानो फोरेस, फोरेट, थाइडिन जस्ता विषादी सेवन गरी आत्महत्या गर्नेको संख्या बढी भएको डा. साह बताउँछन् ।
झापाको छिमेकी जिल्ला इलाममा भने तुलनात्मकरुपमा आत्महत्याको संख्या घट्दै गएको छ । मेची अञ्चल प्रहरी कार्यालय भद्रपुरका अनुसार चालु आर्थिक वर्षमा इलाममा १९ पुरुष र १३ महिला गरी ३२ जनाले आत्महत्या गरेका छन् । यसैगरी पाँचथर जिल्लामा ४ पुरुष र ५ महिला गरी ९ जनाले आत्महत्या गरेका छन् । ताप्लेजुङमा ५ पुरुष र ३ महिला गरी ८ जनाले आत्महत्या गरेका छन् ।
तराईमा भएको अत्यधिक गर्मीका कारण पहाडको तुलनामा आत्महत्याका घटना बढेको मेची क्याम्पसका प्रमुख चिन्तामणि दाहाल बताउँछन् । अत्यधिक गर्मीका कारण होस ठीकमा नरहँदा विवेक गुमाएर आत्महत्या हुने गरेको दाहालको भनाई छ ।
यसैगरी पठनपाठनमा कमजोर, प्रेममा असफल हुनु पनि आत्महत्याको अन्य कारण भएको दाहाल बताउँछन् 
युवायुवतीहरुले आत्महत्या गर्नुको कारण वेरोजगारी समस्या भएको प्रमुख दाहालले बताए । काम नपाउँदा उनीहरुमा नैराश्यता बढेर आत्महत्या गरेको बताउने दाहाल यसलाई कम गर्न जनचेतनामूलक कर्याक्रम गर्नुपर्ने बताउँछन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply