पढाई विद्यावारिधि तलब २११५
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
गोपाल गड्तौला
उनले घुँडा धसेर संस्कृत विषय पढे । छाप्रो भित्रको सिरानी मुनी जतनसाथ राखेका छन् संस्कृतको प्राचिन पाणिनी व्याकरण र नव्य व्याकरण बीचको अन्तर केलाँउदै गरेको अध्ययन पछि पाएको विद्यावारिधीको प्रमाण पत्र ।
भारत बनारसको सम्पूर्णानन्द विश्व विद्यालयबाट सात बर्षअघि विद्यावारिधी उतीर्ण गरेका बासुदेव मिश्र झापाको भुटानी शरणार्थी शिबिर बेलडाँगी २ को त्रिरत्न माध्यमिक विद्यालयका पहिलो बर्गको शिक्षक हुन् । शरणार्थी शिबिरमा स्नातक वा त्यो भन्दा माथि पढेकालाई पहिलो , प्रमाण पत्र पास गरेकालाई दोस्रो र त्यो भन्दा कम पढेको इच्छुक शरणार्थीलाई तेस्रो बर्गको शिक्षक नियुक्त गर्ने गरिएको छ ।

तर पारिश्रमिकको कुरो उठ्ना साथ मिश्र मलिन हुन्छन् । भन्छन् ‘महिना भरि पढाँउदा एक्काईससय पन्ध्र रुपैँया मात्र हात लाग्छ ।’ भुटानी शरणार्थीको शैक्षिक सहायतामा संलग्न पश्चिमा संस्था कारितासले दोस्रो बर्गका लाई एकहजार छ सय र तेस्रो बर्गकालाई एकहजार दुुईसय रुपैँया महिनावारी पारिश्रमिक दिने गरेको छ । सहायता पाइरहेका शरणार्थी मध्ये पढेलेखेकालाई उनीहरुको समाजको सहयोगको लागि कम पारिश्रमिकमा काम गराइएको कारितासको भनाई छ । ‘यो नागरिकता नहुँदाको पीडा हो ’ संस्कृत ब्याकरणका अध्येता मिश्र भन्छन् ।
सन् १९९१ मा भुटानको वाङचुक सरकारले दक्षिणी क्षेत्रका नेपाली भाषी नागरिकलाई खेदेर बस्ती उजाड पारेको खबर बनारसमा व्याकरणका ऋचा घोकिरहेका बासुदेवका कानमा पुग्यो । निचुलाबाट पढ्न बनारस गएका बासुदेवको बाबुआमासँग झापाको कन्काई बगरमा २ बर्षपछि १९९३ मा भेट भयो । त्यसपछि उनले निस्तो अलिनो खाएरै भएपनि बनारसमा पढाई चालु गरे । ‘शुरुमा पढन जाँदा म दक्षिण भुटानको एउटा पठित मध्यम बर्गको सदस्य थिँए , पढिसकेर फर्कीँदा अर्काको मुलुकमा शरणार्थी भईसकेको थिए ’ मिश्रले भने ।
राष्ट्रसंघीय सहायताको भरमा चलेको एउटा शरणार्थी परिवारका बिद्याबारिधी मुली ४१ बर्षीय बासुदेव महिनाभरिको कमाईले आधा महिनाको चिया नास्ता खर्च मात्र जुटेको बताँउछन्
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed