चौकी आक्रमण गर्ने पक्राउ
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
पश्चिम इलामको बाँझो गाविसस्थित साकफारा प्रहरी चौकीमा गत साउन –१५ गते आक्रमण गर्ने लिम्बुवान स्टेट फोर्सका प्रवक्तालाई प्रहरीले पक्राउ गरेको छ ।
फोर्सका प्रवक्ता झापा धरमपुर–८ का ३१ बर्षीय नेत्र नेम्वाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
अनुसन्धानका क्रममा क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, मेची अञ्चल प्रहरी कार्यालय र झापा जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रयासमा नेम्वाङलाई बिहीबार धरमपुरबाटै पक्राउ गरिएको जिप्रका इलामका प्रहरी नायव उपरीक्षक विक्रमबहादुर चन्दले बताउनु भयो ।
शुक्रबार इलाममा आयोजित सञ्चारकर्मीसँगको भेटमा उपरीक्षक चन्दले पक्राउपछि नेम्वाङलाई म्याद थप गरी डाका मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै पक्राउ परेका नेम्वाङले लिम्बुराज्य संगठनहरुबाट असन्तुष्ट भएका व्यक्तिहरु मिलेर ।लिम्बुवान प्राप्तिकै लागि संघर्ष गर्न ६ महिना अघि फोर्स गठन गरिएको बताए । फोर्सले बाँझोस्थित प्रहरी चौकी आक्रमण गर्नु भन्दा केही महिना अघि झापाको सतासीधाम गाविसमा आगजनी गरेको थियो ।Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed