झापा कारागारका ८ जना कैदीमा स्वाइनफ्लुको आशंका
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
दिनेश कार्की । झापा जिल्ला कारागारमा रहेका ८ जना कैदीमा स्वाइनफ्लुको आशंका गरिएको छ । कारगारमा रहेका २ सय २३ जनाको स्वास्थ्य परीक्षण गर्दा आठ जना कैदीमा स्वाइनफ्लुको लक्षण देखा परेकाले सो रोगको आशंका गरिएको हो ।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशानलय इपिडिमियोलोजी, सरुवा रोग महाशाखा, र जिल्ला जनस्वाथ्य कार्यालय भद्रपुरको संयुक्त टोलीले स्वास्थ्य परीक्षण गर्ने क्रममा आठ जनामा स्वाइनफ्लु रोगको लक्षणको आशंका गरिएकाले उनीहरुको ¥याल र सिगान परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको जनस्वास्थ्य कार्यालय झापाका अधिकृत महेन्द्र चौधरीले जानकारी दिनुभयो ।
विरामी परेका कैदीहरु मीना भण्डारी अम्बिका दर्नाल, बीरबहादुर माझी, टंक ढुङ्गेल, डिल्ली रिजाल, समशेर बिक, लघुराम तामाङ र मेघराज गुरुङको ¥याल तथा सिगान परीक्षणका लागि काठमाडौं पठाइएको हो । कारगारमा रहेका ती कैदीहरुमा एकाएक घाँटी दुख्ने लक्षण देखा परेकाले परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अधिकृत चौधरीले बताउनु भयो । झापामा अहिलेसम्म स्वाइफ्लुको रोगी फेला नपरेको बताउँदै चौधरीले भन्नुभयो–‘उनीहरुलाई स्वाइनफ्लु नै लागको हो भन्न मिल्दैन ।’ गत साउन २७ गते उनीहरुको ¥याल परीक्षणका लागि काठमाडैं पठाइएको र अब दुई दिनपछि त्यसको रिपोर्ट आउने जानकारी दिनुभयो । चौधरीले भन्नुभयो –‘रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।’ पूर्वाञ्चलको सप्तरीमा ७ जना, मोरङमा ६ जना इलाम र सुनसरीमा २÷२ जना गरी १७ जनामा स्वाइनफ्लुको संक्रमण पुष्टि भइसकेकाले झापामा पनि उच्च सतर्कता अपनाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वाइनफ्लुबाट बच्न भीडभाडमा अनिवार्य माक्र्स लगाउनु पर्ने, हात नमिलाउने, कम्तीमा एक मिटरको दुरीमा बस्ने लगायतका सचेतना अपनाउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।
पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशानलय इपिडिमियोलोजी, सरुवा रोग महाशाखा, र जिल्ला जनस्वाथ्य कार्यालय भद्रपुरको संयुक्त टोलीले स्वास्थ्य परीक्षण गर्ने क्रममा आठ जनामा स्वाइनफ्लु रोगको लक्षणको आशंका गरिएकाले उनीहरुको ¥याल र सिगान परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको जनस्वास्थ्य कार्यालय झापाका अधिकृत महेन्द्र चौधरीले जानकारी दिनुभयो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed