नियम विपरीत औषधी बिक्री
मेचीनगर अनलाइन
|
Thursday, August 26, 2010
|
0 comments
झापामा सञ्चालन भइरहेका औषधी पसलले नियम विपरीत औषधीे बिक्री वितरण गर्ने गरेको पाइएको छ
औषधी व्यवस्था विभागको क्षेत्रीय कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा एलोप्याथिक पसलमा आयुर्वेदिक र आयुर्वेदिक पसलमा एलोपेथिक औषधी बिक्री वितरण हुने गरेको हो । फार्मेसी विषय लिएर स्नातक उत्तीर्ण गरेका वा ओरिन्टेसन तालिम लिएका ब्यक्तिले मात्र औषधी पसल सञ्चालन गर्न पाउने छन् । तर कतिपय औषधी पसल विना इजाजत सञ्चालन भइरहेको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख गणेश तामाङले बताउनु भयो । झापामा ४ सय औषधी पसलले मात्र इजाजत लिएर सञ्चालनमा आएका छन् । तर विना इजाजत सञ्चालनमा रहेका पसलको संख्याको विषयमा भने उहाँले प्रष्ट पार्नु भएन । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य उपकेन्द्रका कतिपय कर्मचारीले औषधी पसल सञ्चालन गरेको गुनासो आएपछि त्यस विषयमा बुझ्न जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुरलाई पत्राचार गरिएको प्रमुख तामाङले जानकारी दिनुभयो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed