मेची पुलमा दुर्घटना
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
![]() |
| दुर्घटनापछि सर्वसाधारणहरु फोटो प्रकाश |
झापाको का“कडभिट्टामा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् ।
नेपाल–भारतको सीमा मेची पुलमा बिहीवार साझ भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । नेपालबाट भारततर्फ जादै गरेको डव्ल्युवी ७७३४२६ नम्वरको मारुती भ्यानले विपरित दिशाबाट आएको वा ४ प ९८९नम्वरको मोटरसाइकललाई ठक्कर दिंदा त्यसमा मोटरसाइकल चालक मेचीनगर १० वस्ने सुवास राई र मेचीनगर ६ निवासी रोहित वजगाई घाइते भएका छन् । दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय का“कडभिट्टाले जनाएको छ ।
त्यसैगरी का“कडभिट्टाबाट काठमाडौ जान लागेको ना३ख ५२८६ नम्वरको कोसेली वसको छतबाट खस्दा वसका खलासी झापा वुधवारेका राजु कार्की घाइते भएका छन् ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed