• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

चराचुरुङी संरक्षणमा चरीदादा

जलवायु परिवर्तनले प्रकृतिका हरेक कुरालाई असर गरिरहेको छ । त्यसमा चरा चुरुंगी पनि अछुतो रहन सकेका छैनन् । त्यसैले चराचुरुंगीमा नजिकका हितैषी मानिने चरी दादा अर्थात गौतम सापकोटा चरा संरक्ष्ँण अभियानमा जुटेका छन् । डेढ सय वढी चराको आवाज दुरुस्तै निकालेर गिनिज वुक अफ दि वर्ड रेकर्डमा नाम लेखाएका उनी अहिले नेपाल तथा भारतका विभिन्न विद्यँलयमा चरा संरक्ष्ँण सम्वन्धि जनचेतना जगाउदै हिडेका छन् ।
धुलाबारीमा चरा बोलाउँदै चरीदादा फोटो :- प्रकाश पौडेल
‘चराहरु लोप भएर नजाउनु भन्ने मेरो मान्यता हो’, अभियानकै सिलसिलामा शनिवार झापाको का“कडभिट्टामा भेटिएका चरी दादा भन्छन्,‘जसरी हुन्छ चरा चुरुंगीलाई संरक्ष्ँण गर्नु पर्छ भन्ने लाग्छ मलाई ।’ दुई वर्ष अघि गिनिज वुकमा नाम लेखाउदा उनी १ सय ५१ प्रजातिका चराको आवाज दुरुस्तै निकाल्थे । अहिले अढाई सय वढी चरा र आधा दर्जन वढी जनावरको आवाज निकाल्न सक्छन उनी
। उनले हालै झापाका विभिन्न विद्यालय र भारतको सिक्किम, कालिम्पोङलगायतका स्थानका दुई दर्जन वढी विद्यँलयमा जनचेतनात्मक कार्यक्रम गरे । अहिलेसम्म करिव ९ हजार विद्यँलयमा यस्ता कार्यक्रम संचालन गरेको उनको दावी छ ।
गिनिज वुकमा उनले नाम लेखाएको दुई वषृ नाघिसक्यो तर उनले आफ्नो नाम गिनिजमा लेखिएको छ भनेर हिड्न सकिरहेका छैनन । कारण एउटै छ उनले गिनिजमा नाम लेखेको प्रमाणपत्र ल्याउन सकेका छैनन् । ‘पैसा नभएर सकिरहेको छैन’, चरी दादाले गुनासो गर्दै भने,‘सरकारलाई धेरै पटक सहयोगका लागि आग्रह गरें तर केही टेरपुछार लगाएन ।’ उनले नाजुक आर्थिक अवस्थाका कारण अहिलेसम्म प्रमाणपत्र थाप्न सकेका छैनन । आफूसंग २ लाख रुपैया नहुदा प्रमाणपत्रबाट वन्चित भएको तीतो यर्थाथ उनले पोखे । भावुक हुदै उनले भने,‘प्रधानमन्त्री मन्त्रीलगायत धेरैलाई अनुरोध गरे तर अहिलेसम्म कतैवाट कार्यान्वयन भएको छैन ।’ प्रम र परराष्ट्र मन्त्रीले आश्वासन मात्रै दिएको उनले गुनासो गरे । भने,‘राष्ट्रको लागि नाम राखें तर कसैले वास्ता गरेन ।’
सरकारलाई वारम्वार आग्रह गर्दा पनि आफ्नो माग पुरा नगरिदिएपछि अव उनी अन्र्तराष्ट्रिय विमानस्थल वन्द गर्ने अवस्थामा पुगेका छन् । आउदो काग तिहारका ििदन उनले विमानस्थल ठप्प पार्ने चेतावनी दिए । ‘त्यस दिन विमानस्थलमै काग भेला गर्दिन्छु’, उनले चेतावनीको शैलीमा भने,‘ कि त आश्वासनै नदिनु दिएपछि पुरा गर्नु पर्छ ।’

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply