• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अझै रोकिएन सीमा अतिक्रमण

विमर्श उप्रेती 
सरकारी टोली सीमा निरक्षण गर्दै । फोटो :- प्रकाश पौडेल
काँकरभिट्टा नेपालको पूर्वी सीमा नाका झापाको काँकरभिट्टास्थित भन्सा खोलासहित भारतसँग सीमा जोडिएका नेपाली भूमि अतिक्रमणमा परेको यतिका वर्ष भईसक्दा पनि सीमा विवाद समस्या अझै समाधान हुन सकेको छैन   झापाका दक्षिणपूर्वी गाविसहरु पाठामारी महेशपुर पृथ्वीनगर चन्द्रगढी ज्यामिरगढी तथा उत्तरपूर्वी विकट गाविसको रुपमा रहेको बाहुनडाँगी लगायतका सीमा गाविस तथा मेची नदीसँग सिमाना जोडिएका मेची नगर नगरपालिका भद्रपुर नगरपालिकाको करिब हजार देखि १२ सय हेक्टर भूमि विवादमा रहेको २०५५/५६ को सँयुक्त सीमा अनुगमन टोलीको अध्ययनले देखाएको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सो टोलीले ०५५/५६ देखि करिव वर्ष सम्म सीमा विवाद सम्बन्धी अध्ययन गर्दा पूर्वका भन्सा खोला पाठामारी बाहुनडांगीस्थित तिरिङ्गको सीमा स्तम्भको पिलर दशगजा अतिक्रमणमा परेको जनाएको  

 नेपालको पूर्वी प्रवेशद्वार झापाको काँकरभिट्टास्थित मेची पुलको भन्सा खोला आसपासमा गाडिएका वटा जङ्गे पिलरहरुमध्ये वटा भारतले नेपालतर्फ सारेको एउटा राति नै स्कावेटर लगाएर उखॆलेको हाल अतिक्रमित क्षेत्रमा परेका भजनलाल चौधरी बताउँछन् चौधरी मेचीनगर ११ स्थित भन्सा खोलामा ४५ वर्ष अघि देखि स्थायी रुपमा बसोबास गर्दै आएका छन् २०२९ सालको झोडा आयोगले नाप जोग गरी आवश्यक प्रकि्रया पुर्याएर २०३२ सालमा धनी पूर्जा वितरण गरेको उनी बताउँछन् अतिक्रमित भनिएको सो क्षेत्रमा परेका चौधरी निर्वाचनको भोट नेपालमै हाल्छन् यतैको बिजुली उपभोग गर्छन् खेती किसानी अन्य व्यवसाय पनि यतै गर्छन् तर दुर्भाग्यवस उनी सीमानाको पिलर सारिएपछि भारतीय भूमिमा परेका छन् भजनलाल मात्रै होइन उनी जस्ता धेरै नेपाली भूमिमा वर्षाै अघिदेखि बसोबास गर्दै आएका मानिसहरुको अवस्था उस्तै  
नेपालको माटो किने पनि थाहै नपाई आफूहरु भारतीय भएको उनीहरु गुनासो गर्छन् अब हामी नेपाली की भारतीय भन्ने कुराले चिन्तित छन् अतिक्रमित क्षेत्रका बासिन्दाहरु त्यो क्षेत्र अहिले भने भारतको अतिक्रमणमा परेको मेची पुल आसपासको क्षेत्रमा ६०/ ९०/ ६०/ ९०/ नम्बरका सीमा स्तम्भहरु भारतले नेपाली भूमिमा सारेको स्थानीय वासिन्दाहरुको भनाई सीमा विवाद समस्या समाधानका लागि नेपाल भारत दुवै देशका सीमा प्राविधिक अधिकारीहरुको २०५८ देखि बसिरहेको बैठकले हालसम्म कुनै ठोस निष्कर्ष निकाल्न नसकेको सीमाविद्हरुको भनाई सन् १८१६ को नेपाल अंग्रेज युद्ध राणाकालीन समयदेखि नै भारतले निरन्तर नेपाली भूमिमा अतिक्रमण गदैै्र आएको सीमा विवाद सम्बन्धी चासो राख्दै आएका झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल बताउनुहुन्छ
२०५२/०५३ सालमा सीमा निरिक्षणका लागि भनेर खटिएको एक संसदीय टोलीले त्यतिबेला अनुगमन गर्दा नक्सा अनुसार पिलर सहि रहेको तर सीमा विवाद नक्सामै भेटिएकॊ निष्कर्ष निकालेको थियो समय-समयमा अतिक्रमित क्षेत्रको निरिक्षण सीमा विवाद समस्या समाधानका बारेमा बुझ्नका लागि विभिन्न राजनीतिक दल संघ संगठनका प्रतिनिधिहरु आउने गरेको भए पनि नेपाली भूमिको संरक्षणको लागि कसैले पनि गम्भिरतापूर्वक चासो नदेखाएको भन्सा खोलाका स्थानीय दिपक उप्रेती बताउँछन्
भारतीय पक्षबाट हुने गरेको सीमा अतिक्रमणको यो प्रतिनिधि उदाहरण मात्रै हो मुलुकमा यस्ता थुप्रै स्थानहरु भारतको अतिक्रमणमा परेपनि दीर्घकालीन रुपमा समस्या समाधान गर्न सम्बन्धित पक्षले प्रभावकारी कदम भने चाल्न सकिरहेको छैन विभिन्न समयमा सरकार राजनीतिक दल तथा संविधानसभाका प्रतिनिधिहरुले अतिक्रमित क्षेत्रको निरीक्षण गर्ने समस्या समाधानको आश्वासन दिने गरेको भए पनि त्यो आश्वासन उही केहि छिनको चित्त बुझाउने बाहेक अरु केहि हुन सकेन् सीमा समस्या समाधानको पखाईमा बसेका बासिन्दाहरु चिन्तित बनेका छन् भूमी समस्या समाधानका जुनसुकै पक्षबाट पहल गरिए पनि अतिक्रमित क्षेत्रमा भारतीयद्धारा हेपाहामा परेका नेपालीको समस्या भने ज्युँका त्युँ छन्

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply