बुढेकालको जीविका बाँस
मेचीनगर अनलाइन
|
Sunday, August 29, 2010
|
0 comments
बाहुनडाँगी १३ भाद्र ‘बाह छोरा, तेह नाती बूढाको धोक्रो काँधैमाथि’ भन्ने नेपाली उखान झै यति बेला घरले जा–जा वनले आइज–आइज भन्ने बेलामा पनि हात मुख जोड्नको लागि झापा बाहुनडाँगी–१ आमाडाँगीका ८४ वर्षिय सविर विश्वकर्माको दिनचर्या बाँसको चोयासंग वित्ने गरेको छ ।
![]() |
| डोको बुन्दै बाहुनडाँगीका सविर विश्वकर्मा फोटो :- मेचीनगर अनलाईन |
२०२२ सालमा सोलुखुम्बुबाट झापाको बाहुण्डाँगीमा बसाई सरी आएका विकले केही समय कृषि पेशा
नै अंगाले । तर, एकातिर भारतबाट आएका जंगली हात्तीले लगाएको खेतीपाती पनि घर भित्र्याउन नदिने र उमेरले पनि नेटो काट्दै गएपनि उनले त्यो पेशालाई त्यागेर बाँसको डोको नाम्ला, खुँगी आदि बुनेर जीवन निर्वाह गर्न थाले ।श्रीमतीले पनि छाडेर परलोक गएपछि आफ्ना दुई छोराको मुख हेरर दुःखजिलो गरेर उनीहरुको लालनपालमा समर्पित भइरहे । उनले छोराहरुको जोडी पनि बाँधिदिए । तर, समय उल्टो भइदियो । जसको भरोसा गरेर बूढेसकालमा सुखले जीवन जिउने सपना बोके आज उनीहरुले ने उनलाई एक्लै छाडेर छुट्टै बस्न थालेकामा गुनासो गर्छन् ।
उनले मेचीनगर अनलाईनसँग आफ्नो गुनासो यसरी पोखे –‘के गर्नु बाँच्नको लागि गर्नै प¥यो, काम नगरौँ भने विहान बेलुका मुखमा माड लाग्दैन ।’ २५ वर्षअघिदेखि यो व्यवसाय धान्दै आएका उनीसंग हाल आफ्नो सहोदर ७४ वर्षिय भाई भक्तिमान र नातिनी बुहारी रहेका छन् भने नाति भारततिर मजदुरी गर्न गएको बताउँछन् ।
चार वर्ष अघि घरमै लडेर एउटा खुट्टा भाँच्चिएपछि बाँस खोजेर ल्याउन र तयारी गरेका सामान सोमबार शुक्रबार धुलाबारी हटिया, विहिबार बाुहनडाँगी हटिया, शनिबार छिमेकी मुलुक भारतको नक्सलवाडी बजार र अनय छिमेकी बजार इटाभट्टा काँकडभिट्टा बोकेर बेच्न लैजान भाईले नै सहयोग गरेको उनी बताउँछन् ।
उनी भन्छन्–‘खै अहिलेसम्म कति पैसा कमाइयो त्यो थाहा छैन, खान सम्म पुगेको छ ।’ त्यसो त उनले बनाएको डोका, खुंगी, नाङ्ला किन्न घरमै आउने गरेका छन् । उनले बनाएका सामानहरु ५० देखि ५०० रुपैयासम्ममा विक्रि हुने गरेका छन् ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed