प्लस टू विज्ञान कार्यक्रम अव मेचीनगरमै ।
मेचीनगर अनलाइन
|
Tuesday, August 24, 2010
|
0 comments
धुलावारी ८ भदौ त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तह खारेजगरेपछि कम शुल्कमा विज्ञान विषय पढ्न अब विद्यार्थीहरुले भौतारिनु पर्ने छैन । वि.स. २००८ सालमा स्थापित मेचीनगर नगरपालिका ३ स्थित धुलावारी माध्यमिक विद्यालयले यसै वर्षदेखि कक्षा ११ मा विज्ञान विषयको अध्यापन सुरु गरेपछि विद्यार्थीहरुले कम शुल्क गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाएका हुन् ।
निजी उच्च माविहरुको बढ्दो प्रतिस्पर्धासँगै आकसिएको शिक्षण शुल्कलाई चुनौती दिदै धुलावारी उच्च माविले आफ्नो श्रोत र दाता व्यक्ति र संघसंस्थाको सहयोगबाट विज्ञान विषय संचालनमा आएको विद्यालयले जनाएको छ । उच्च माविका संयोजक महेन्द्र विलास लुईटेलका अनुसार १ वर्षको रु ७ हजार ५ सयमा विद्यार्थीले विज्ञान समूहमा पढ्न सक्नेछन् । उहाँका अनुसार आर्थिक श्रोत जुट्दै गएमा छात्रवृत्तिको सुविधा पनि उपलव्ध गराउने योजना रहेको छ ।
उक्त उच्च माविमा अन्य उच्चमाविमा वर्षोदेखि अध्यापन गराइरहेका दक्ष तथा अनुभवि शिक्षकहरुबाट अध्यापन सुरु गरिएको छ । उक्त विद्यालयमा हाल ५० जना विद्यार्थी विज्ञान समूहमा अध्ययन गरिरहेका छन् ।
विद्यालयले आफ्नै श्रोतबाट विद्यार्थीहरुको लागि सुविधा सम्पन्न विज्ञान प्रयोगशाला र पुस्तकालयको निर्माण कार्य अगाडी बढाएको छ । यो शैक्षिक सत्रमा विद्यालयले अपेक्षा गरेभन्दा बढी विद्यार्थीहरु विज्ञान विषय पढ्न भर्ना भएका हुँदा विद्यालयको योजनाअनुसारको प्रयोगशाला र पुस्तकालय अपर्याप्त हुने भएकाले विद्यालय आर्थिक स्रोत संकलनमा जुटेको छ । उच्च माविका संयोजक लुईटेलले भने ‘विद्यालयलाई थप सहयोग प्राप्त भएमा अध्ययनरत विद्यार्थीहरुलाई अझ कम शुल्कमा गुणस्तरीय शिक्षा दिन र विद्यार्थीहरुलाई अधिकतम सुविधाहरु उपलव्ध गराउन सकिने छ ।’ विद्यालयले आर्थिक स्रोतको लागि विभिन्न क्षेत्रमा रहेका व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोगको आवहन समेत गरेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed