नेपालबाट तेस्रो देश निर्यात हुने खाद्यान्नमा कमी
मेचीनगर अनलाइन
|
Monday, August 23, 2010
|
0 comments
झापा ७ भाद्र
नेपालमा उत्पादन हुने अधिकांश कृषिजन्य वस्तुको भारत तथा तेश्रो देश निर्यात यो वर्ष घटेको छ । केही वस्तुको निर्यात भने दोव्वर तेव्वर वृद्धिभएकाछन््।
नेपालमा उत्पादन हुने अधिकांश कृषिजन्य वस्तुको भारत तथा तेश्रो देश निर्यात यो वर्ष घटेको छ । केही वस्तुको निर्यात भने दोव्वर तेव्वर वृद्धिभएकाछन््। मेची भन्सार कार्यालयले दिएको जानकारी अनुसार सीटीसी चिया, अलैची, विउविजन, गहु, मकै वा अन्नको च्याख्ला, आलस, हरियो सागपात वा तरकारी र मुसुरोको निर्यातमा यो वर्ष गिरावट आएको हो । चोकर भुस, अदुवा, सुन्तला, काचो चियालगायतका वस्तुको निर्यात भने वृद्धि भएको देखिन्छ ।
बस्तुहरुको उत्पादनमा आएको हिरावटले निर्यात प्रभावित भएको हो । जिल्ला कृषि विकास कार्यालय झापाका अनुसार अलैचीको उत्पादनमा यो वर्ष करिव ४० प्रतिशतले गिरावट आएको छ । रोगका कारण उत्पादन घटेको कृषिका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । अलैची पूर्वी पहाडी जिल्लाहरु संखुवासभा, ताप्लेजुंग, इलाममा उत्पादन भइ तेश्रो देश निर्यात हुने गरेको छ । गत वर्ष ३ करोड ४४ लाख १९ हजार रुपैयाको अलैची तेश्रो मुलुक निर्यात भएकोमा यो वर्ष १ करोड ५६ लाख ६७ हजारको मात्रै निर्यात भएको मेची भन्सार कार्यालयले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ । ‘माग अत्याधिक छ तर उत्पादन छैन’, उप्रेतीले कान्तिपुरलाई भने,‘उत्पादन नभएपछि निर्यात घटेको हो ।’ उत्पादन घटेपछि अलैचीको मुल्य पनि आकासिन पुगेको व्यापारीहरुको भनाई छ । अलैचीको मुल्य हाल प्रति मन करिव ६० हजार नाघेको छ । यहा“को अलैची पाकिस्तानलगायतका मुस्लिम मुलुकहरुमा खपत हुने गरेको छ ।
भारत निर्यात हुदै आएको सीटीसी चिया पनि घटेको छ । यसको निर्यात घट्नुमा पनि उत्पादनमा आएको गिरावट नै मानिएको छ । कृषिका प्रमुख उप्रेती भन्छन्,‘वेला वेला हुने गरेका मजदुर हड्ताल र आन्दोलनले पनि यसलाई प्रभाव पारेको देखिन्छ ।’ केही चिया निर्यात हुनै वाकी रहेको हुन सक्ने उप्रेतीको अनुमान छ । चिया किसान दिपेन्द्र भट्टराईका अनुसार खडेरी पनि चिया उत्यादन घट्नुको कारक हो । भट्टराई भन्छन्,‘केही महिनाको लगातारको खडेरीले पनि उत्पादन घटायो ।’ झापामा हाल ९ हजार ८ सय हेक्टर क्ष्ँेत्रमा चिया खेती भइरहेको छ । यो वर्ष झापामा ४ हजार ४ सय मेट्रिक टन चिया उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।
यो वर्ष १ अर्व ८८ लाख ७७ हजार रुपैयाको चिया भारत निर्यात भएको छ । गत वर्ष १ अर्व १८ करोड २८ लाख २ हजार रुपैयाको चिया त्यता पठाउन नेपाली व्यवसायी सक्ष्ँम बनेका थिए ।
यता काचो चियाको निर्यात भने यो वर्ष तेव्वर वढेको छ । भारतमै खपत हुदै आएको काचो चिया प्रशोधन नगरी निर्यात गरिन्छ । गत वर्ष करिव ५० लाख मुल्य वरावरको निर्यात भएको थियो भने यस वर्ष १ करोड १२ रुपैयाको निर्यात भएको छ ।
वंगलादेश निर्यात हुदै आएको दाल र गहु पनि घटेको छ । गहु विगतका वर्षदेखि नै गिरावट हुदै आएको छ । सरकारले खाद्यन्न संकटको कारण देखाउदै गहु निर्यात रोकेको थियो । अहिले निर्यात त फुकुवा गरियो तर उत्पादनमा आएको गिरावटका कारण भनेजति पठाउन व्यवसायी असक्ष्ँम वने । गत वर्ष करिव साढे ५ लाख रुपैयाको गहु वंगलादेश निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ । यो वर्ष साढे ५ लाख पनि पुग्न सकेको छैन । ‘कहिले काहि थोरै मात्रामा जादैछ’, एक व्यवसायी भन्छन्,‘देशमा गहुको उत्पादनै छैन कसरी निर्यात गर्ने ?’
जिल्ला कृषि विकाश कार्यालयका अनुसार झापामा यो वर्ष गहुको उत्पादन घटेको छ । कार्यालयका अनुसार गहु उत्पादन हुने क्ष्ँेत्रफल पनि घटेको छ । वढ्दो प्लटिङका कारण क्ष्ँेत्रफल घटेको हो । गत वर्ष १५ हजार हेक्टर क्ष्ँेत्रमा रोपिएको गहु यो वर्ष ११ हजार ५ सय हेक्टरमा सिमित भएको छ । गत वर्ष ३३ हजार मेट्रिक टन गहु उत्पादन भएको झापामा यो वर्ष घटेर २४ हजार पुगेको छ । कृषि कार्यालयका प्रमुख उप्रेतीले कुल उत्पादनमध्ये करिव २ लाख मेट्रिक टन गहु प्रत्येक वर्ष निर्यात गरिन्छ । यो परिमाण झापाका उपभोक्ताले खाएर उव्रिएको हो ।
विदेशी मुद्रा नेपाल भित्र्याउने कृषिजन्य उत्पादन दालको निर्यात पनि घटेको छ । दालको दरभाउमा आएको उतारचढावका कारण निर्यात घटेको मेची उद्यँेग वाणिज्य संघका अध्यक्ष्ँ केशवराज पाण्डेले जानकारी दिए । उनले भने,‘दालको दरभाउको घटवढका कारण व्यवसायीहरु स्टकमा दाल राखेर वस्न वाध्य छन् ।’ गत वर्ष ३ अर्व ४४ करोड ७०लाख ९० हजार रुपैयाको दाल वंगलादेश निर्यात भएकोमा यो वर्ष २ अर्व ९७ करोड ५१ लख ५४ हजारको दाल गएको छ । भन्सारले यसवापत ३ करोड वढी राजश्व नै प्राप्त गरेको छ । वंगलादेश जाने गरेको मकैको च्याख्ला र भारत निर्यात हुदै आएको आलस पनि घटेको छ । गत वर्ष करिव ५ करोड मुल्य वरावरको च्याख्ला वंगलादेश गएकोमा यो वर्ष ९३ लाख १४ हजारको मात्रै निर्यात भएको छ । हरियो सागपात तथा तरकारीको वंगलादेशमा अत्याधि माग छ । तर, नेपाली व्ययसायी त्यो माग पुरा गर्न सकेनन । यो वर्ष २५ लाख ३ सय २१ केजी अर्थात १ करोड ५९ लाख ६९ हजारको सागपात निर्यात भयो । गत वर्ष करिव २ करोडको सागपात निर्यात भएको थियो ।
अदुवा–सुठो, चोकर, सुन्तलालगायतका कृषिजन्य उत्पादनको निर्यात यो वर्ष उल्लेख्य वढेको भन्सार कार्यालयले जनाएको छ । गत वर्ष २ करोड ६५ लाख २७ हजारको चोकर वंगलादेश गएकोमा यो वर्ष करिव साढे ५ करोडको निर्यात भएको हो । अदुवा–सुठाको निर्यात यो वर्ष अत्याधिक वृद्धि भएको छ । यो वर्ष १४ करोड १४ लाख ९६ हजार मुल्यको अदुवा–सुठो भारत गएको छ । गत वर्ष ६६ लाख वढीको मात्रै निर्यात भएको थियो ।
यो वर्ष १० हजार केजी सुन्तला वंगलादेश निर्यात भएको छ । गत वर्ष परीक्ष्ँणका लागि भनेर व्यवसायीहरुले ६ हजार केजी पठाएका थिए । यसको माग वढेपछि निर्यात बढेको हो । करिव व्यवसायीहरुले नेपाली कृषिजन्य उत्पादनको वंगलादेशलगाायतका तेश्रँे मुलुकमा अत्याधिक माग रहेको बताएका छन् । तर, नेपाल सरकारको कम चासोका कारण ‘भनेजति’र ‘भनेजसरी’ ती वस्तुको निर्यात गर्न सकिरहेको छैन । व्यवसायी ललीत तामाङ भन्छन्,‘वंगलादेशलगायतका देशमा नेपाली कृषि उत्पादनको प्रसस्त माग छ तर माग अनुसार पुर्ति गर्न सकेको छैन ।’
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed