• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

बासमतीको बोरामा जीरा मन्सुली चामल

Writer :- Khilanath
 खिलानाथ ढकाल झापा, भदौ ७ / जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सञ्चालित खाद्यान्न उद्योगहरुमा गरेको अनुगमनमा अधिकांश उद्योगले बजारमा पठाएका चामलका प्याकेटमा कम तौल भेटिएको छ । प्रशासनसहित चार निकाय सम्मिलित बजार अनुगमन समितिले एक सातादेखि विराटनगर र आसपासका क्षेत्रमा अनुगमन गरेको थियो । 
१४ खाद्य उद्योगको गरिएको अनुगमनमा अधिकांश उद्योगले बजारमा पठाएका चामलका बोरा तथा प्याकेटहरुमा तोकिएको भन्दा कम परिमाण भेटिएको अनुगमन समितिका सदस्य उत्तम ढुंगेलले बताए । ‘अनुगमनमा चामल उद्योगहरुले व्यापक ठगी गरेको पाइयो’, ढुंगेलले मेचीनगर अनलाईसँग बताएका छन् । 
आइतबार टंकिसिनवरी–१ मा रहेको मनकामना सेलर मिलको अनुगमनमा मिलले उत्पादन गरेको बासमती चामलको प्याकेटभित्र अर्कै चामल फेला परेको छ । मनकामना सेलर मिलले बासमती भनेर बजारमा पठाएको प्याकेटहरुमा जीरा मन्सुली जातको चामल भेटिएको हो ।
वाणिज्य कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय, नापतौल तथा गुण नियन्त्रण कार्यालय पब्लिक फोरमसमितिले बासमती चामल लेखिएको बोरामा अन्य जातका चामल हालेर बिक्री गर्ने मनकामना सेलर मिलमा बिक्रीको तयारी अवस्थामा राखिएको १ सय ३६ बोरा चामल बिक्री नगर्न चेतावनी दिएको छ । ‘जीरा मन्सुलीकै प्याकेटमा राखेर बिक्री नगरे कारबाही गरिने छ’, उनले भने । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply