दार्जीलिङ अनिश्चितकालीन बन्द
मेचीनगर अनलाइन
|
Monday, August 23, 2010
|
0 comments
झापा ८ भदौ. प्रहरी हिरासतमा आफ्नो पार्टीका कार्याकर्ताको हत्या जनाउँदै गोर्खा जनमुक्ति मोर्चाको सोमबारदेखि दार्जीलिङमा अनिश्चितकालिन बन्द गरिएको छ । बन्दको पहिलो दिन दार्जीलिङका साथै आसपासका क्षेत्र ठप्प भएका थिए ।
बङ्गाल सरकाले मोर्चाका संस्थापक सदस्य निकोल तामाङलाई पक्राउ गरी प्रहरी हिरासतमा हत्या गरको भन्दै मोर्चाले अनिश्चितकालिन बन्दको घोषणा गरेको हो ।
मोर्चाका महासचिव रोसन गिरीले हिरासतमा तामाङको हत्या भएको दाबी गरे । बन्ज्दका कारण मिरिक, खर्साङ, कालिम्पोङ, सुकियालगायतका स्थान ठप्प छन् । सरकारी कार्यालय, विद ालय र सावरी साधन सञ्चालन हुन दिइएको छैन । मोर्चाले तामाङको वास्तविकता सार्वजनिक नभएसम्म बन्द रहने जनाएको छ ।
गोर्खाल्याण आन्दोलनका नेता मदन तामाङ हत्याका प्रमुख आरोपी निकोल तामाङ आइतबार हिरासतबाटै भागेको सार्वजनिक भएको थियो । सिलगुडीनजिकैको पिन्तैल गाउँस्थित गोर्खा पार्वत्य परिषद्को अतिथि गृहबाट उनी भागेको उत्तर बंङ्गालका प्रहरी महानिर्देशक रणवीरकुमारले बताएकमा थिए । उनी इन्डियन रिजर्भ बटालियन प्रहरीको सुरक्षा घेराबाट भागेका हुन् ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed