• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

सपैदंश उपचारकेन्द्रलाई अनुसन्धानशाला बनाईने

सर्प लिएर आउँदा उपचारमा सजिलो हुने सर्पदंश केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारी बताउँछन्। हालै मात्र मोरङको उर्लाबारीबाट केन्द्रले गोमन सर्प समाएर ल्याएको छ। कुखुरा खाँदै गरेको खबर आएपछि केन्द्र अध्ययनका लागि स्विटजरल्यान्डबाट आएको टोलीसँग गएर केन्द्रका कर्मचारीले सो सर्प समाएका हुन्। सर्प समात्ने र राख्ने दुवै साधन विदेशीले उपलब्ध गराएका छन्।
सर्पले डसेपछि त्यसको उपचारमा चारदेखि १३ घन्टासम्म लाग्ने प्राविधिकहरू बताउँछन्। सर्प पहिचान नहुने र सर्पले कति विष छाड्यो भनेर थाहा नहुने भएकाले बिरामीले लामो समयसम्म पर्खनुपर्ने बाध्यता छ। सर्पको प्रजाति र तिनले छाडेको विषका आधारमा बिरामीको अवस्था पत्ता लाग्ने इन्चार्ज भण्डारीले बताए। झापामा रेडक्रसबाहेक नेपाली सेनाले पनि सर्पदंशका बिरामीको उपचार गर्दै आएको छ।
चारआलीस्थित सैनिक ब्यारेकमा सञ्चालित केन्द्रमा भदौदेखि उपचार निःशुल्क गरिएको छ। नेपाली सेनाले सात जिल्लाका १० स्थानमा निःशुल्क सर्पदंश उपचारकेन्द्र सञ्चालनमा ल्याएको हो। यी केन्द्रमार्फत ०६६ चैतदेखि हालसम्म एक हजार एक सय ६१ सर्पले टोकेका बिरामीलाई उपचार गरिसकेको सेनाले जनाएको छ।
केन्द्रमा आसपासका जिल्लालगायत भारतका बिरामीसमेत आउने गरेको निर्देशनालयले जनाएको छ। सात वर्षअघि नेपाली सेनाले झापाको चारआलीमा पहिलो सर्पदंश उपचारकेन्द्र स्थापना गरेको थियो।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply