सफटेकमा नेपालमै बनेको 'ई-बज' सर्च ईन्जिन
मेचीनगर अनलाइन
|
Sunday, August 29, 2010
|
0 comments
१३ भाद्र /४ दिनपछि हुन लागेको 'मिडास क्यान सफ्टटेक' मा नेपालमै तयार भएको 'इ-बज एसिया' सर्च इन्जिन निकै आकर्षक हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले शुक्रबार गरेको तयारी बारेको छलफल कार्यक्रममा गुगल, याहु, बिङ्गो जस्तै सर्च इन्जिन 'इ-बज एसिया' सार्वजनिक गर्न लागिएको जानकारी दिइयो। 'नेपालमा रहेका विवरणलाई संसारका जहाँसुकैबाट सर्च गर्दा पनि पाउन सकिने गरि यो साइट हामी सार्वजनिक गर्दैछौं,' इबज एसियाका प्रमुख सञ्चालन अधिकृत विनय रेग्मीले भने। इ-बज एसिया विश्वमै छैठौ सर्च इन्जिन हुने दावी यसको निर्माणमा संलग्न प्राविधिकहरुले बताएका छन्। बुधबारदेखि त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टरमा हुन लागेको मिडास क्यान सफ्टटेकमा व्यबसायीक निर्माता, विद्यार्थीले बनाएका सफ्टवयरलाई समेत राखिनेछ। मेलामा इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका विद्यार्थी महेश दाहालले तयार पारेको मानिसले बोलेर दिएको आदेश अनुसार पंखा, वासिङ मेसिन चलाउने, कम्प्युटर अन गर्ने लगायतका सफ्टवयर पनि सार्वजनिक गर्ने बताए।
मण्डला सिस्टमका विप्लबमान सिंहले फर्मास्युटिकल र कुरियर सेवा संबन्धि सफ्टवयर सफ्टटेकमा सार्वजनिक गर्न लागेको जानकारी दिए। यसपटकको सफ्टटेकमा सफ्टवयरका ५८ वटा स्टलहरु रहनेछन्।
क्यानका अध्यक्ष सुरेशकुमार कर्णले सफ्टवयरलाई पनि उद्योगको रुपमा पनि ल्याउन चाहेको बताए। आउँदो दिनमा क्यानले नेपालमै सफ्टवयरको उत्पादन, प्रवर्द्धनमा बिभिन्न कार्यक्रमहरु गर्ने जानकारी दिए।
'सहरमा बस्ने सबैको घर र कार्यालयका कोठाहरुमा कम्प्युटर पुगिसकेका छन्, अब नेपाली सफ्टवयरको प्रयोग बढाउने यो सबैभन्दा उपयुक्त समय हो,' कर्णले भने।
शनिबारसम्म चल्ने सफ्टवयर संबन्धि मेलामा नेपालमै बनेका सफ्टवयरलाई प्रदर्शन गरिनेछ। सरकारी विद्यालयका विद्यार्थीलाई निशुल्क प्रवेशको व्यबस्था छ भने अन्यले ५० रुपैयाँ तिर्नुपर्ने आयोजकले जनाएका छन्।
क्यानका सचिव नारायण न्यौपानेले प्रदर्शनकर्ताहरुले मेला अवधिभरि पालना गर्नुपर्ने नियमका विषयमा जानकारी दिएका थिए। हरेक दिन १० देखि साँझ ५ बजेसम्म हुने सफ्टटेक मेला अन्तरगत दैनिक रुपमा सूचना प्रविधिको विषयमा कार्यशाला समेत हुने कार्यक्रम छ।
मेलामा पाँचवटै विकास क्षेत्रबाट तयार पारिएका सफ्टवयरलाई विशेष महत्व दिएर राख्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्।
बाट साभार गरिएको हो
Filed Under: प्रबिधि

0 comments
Trackback URL | Comments RSS Feed