• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

अब नेपालमा पनि अश्लील साइट ब्लक

योगेश खतिवडा,
झापा, भाद्र १  - इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।
अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी, नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् ।

यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता साइट बन्द गर्न निर्देशन दिने
तयारीमा छ । ुहामी छिट्टै यसबारे निर्णय गरेर आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,ु प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेेले भने, ुविद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने व्यवस्था गरेको छ ।ु यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी गरेको छ । ुविद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,ु न्यौपानेले भने । यसका लागि एक महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द हुने बताए ।

कान्तिपुरमा प्रकाशित  : http://www.ekantipur.com/np/2067/4/28/full-news/316146/

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply