• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

७ दिनमा ११ जनाको मृत्यु

सुव्रत न्यौपाने झापा १० भदौ 
    मेची अञ्चलमा बाढी पहिरोको विनाश श्रृङ्खला तीव्र भएको छ । भदौको पहिलो साताभित्र मात्रै बाढीले बगाएर र पहिरोले पुरिएर एघार जनाले ज्यान गुमाएका छन् । पहिरोमा पुरिएका तीन जनाको अवस्था अझै अज्ञात छ । यसअघि साउन र भदौमा मात्रै झापामा १७ जनाको ज्यान गएको थियो । 
  छ दिनदेखिको निरन्तर वर्षाका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङमा बाढी र पहिरोको विनाश श्रृङ्खला बढेको हो । बाढीले सयौ विघा खेतीयोग्य जमिन कटान गरेको छ । पछिल्लो पटक झापामा २४ घरपरिवार विस्थापित भएका छन् । 
   ताप्लेजुङको सादेवामा पहिरोमा पुरिएर एकै परिवारका तीन जना वेपत्ता भएका छन् । सुतिरहेको बेला मंगलवार विहान चेप्टेभीरबाट खसेको पहिरोले घर बगाउँदा स्थानीय आताहङ लिम्बु, उन
की श्रीमती र नाति वेपत्ता भएका हुन् । स्थानीयबासी घटनास्थलमा उद्धारमा खटिएका छन् । सोही स्थानका मानबहादुर सेलिङको घर पनि पहिरोले पुरेको छ । सेलिङ परिवारका सदस्य भने भागेर बा“च्न सफल भएका छन् ।
   बाढीले बगाएर झापा र इलाममा पाँच –पाँच जनाले ज्यान गुमाएको मेची अञ्चल प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । प्रहरी निरीक्षक सुनिल दहालका अनुसार मृत्यु हुनेमा झापा पृथ्वीनगर– ४ भीमनगरका जनकलाल राजवंशी, दमक –११ का भक्तबहादुर श्रेष्ठ, कोरोवारी–१ का मदन कटुवाल, पृथ्वीनगर–८ का लालहा लिम्वू र नाम नखुलेका अर्का एक युवक छन् । खोला तर्ने क्रममा उनीहरुको मृत्यु भएको होे ।
   त्यसैगरी इलामको आमचोक र फुएँतप्पा गाविसको बीचमा रहेको मुगे खोलाले बगाउँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । आमचोक–१ का ५० वर्षीय मङ्गलसिंह लिम्बू, उनकी २४ वर्षीया बुहारी सोनम र एक वर्षीया नातिनी करुणालाई खोलाले बगाएको थियो । खोला तार्ने क्रममा मङ्गलसिंहसहित बुहारी र नातिनीलाई बाढीले बगाएको इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक झपेन्द्र भट्टराईले बताए । उनीहरु आमा छोरी जितपुरस्थित माइतीघरबाट फर्कंदै थिए ।
 बुहारी र नातिनीलाई खोला तार्न गएका मङ्गलसिंहलाई पनि खोलाले बगाएको स्थानीय उद्धव लामिछानेले बताए । लामिछानेका अनुसार मङ्गलसिंहको शव पाँच सय मिटर र सोनमको शव एक किलोमिटर तल फेला परेको थियो । वालिकाको शव भेटिएको छैन । इलाम जिर्मले– ३ का प्रेम तामाङ झापाको बाहुनडाँगीमा मुत अवस्थामा फेला परेको प्रनि दहालले जानकारी दिए । उनलाई इलामबाट खोलाले बगाएर ल्याएको हो ।
  इलामको दानाबारीस्थित गरुवा खोलाले बगाएर मुत्यु भएका एक व्यक्तिको सनाखत छैन । बाढीले बगाएका उनको साथमा ४० हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरको फाक्तेप गाविसमा गएको पहिरोमा पुरिएर नवमीडाँडा– २ की ११ वर्षीया कृतिका नेम्वाङको ज्यान गएको छ । 
  झापाका विभिन्न खोलामा आएको बाढीका कारण एकसाता यता २४ घर परिवार विस्थापित भएका छन् । विरीङ र कनकाई खोलामा आएको बाढीका कारण झापाको डाँगीवारीमा १६ र पाँचगाछीमा आठ घर परिवार विस्थापित भएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । विस्थापितलाई विद्यालय, रेडक्रस भवन र आफन्तको घरमा बस्ने व्यवस्था मिलाइएको छ । 

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply