USA र CANADA मा फोन गर्न निशुल्क
मेचीनगर अनलाइन
|
Thursday, August 26, 2010
|
0 comments
काठमाडौं १० भदौं । अमेरिकामा र क्यानडामा फोन गर्दा अव पैसा नलाग्ने भएको छ । तपाइसँग जीमेलको एकाउण्ट छ भने तपाईले अमेरिका र क्यानडामा सित्तैमा कुरा गर्न सक्नुहुनेछ । जीमेल एकाउण्ट छैन भने पनि तपाईले नयाँ एकाउण्ट खोलेर यो सेवा लिन सक्नुहुनेछ ।
नेपालवाट अहिल पनि क्यानडा र अमेरिकामा धेरै नै सस्तोमा ईन्टरनेटवाट फोन गरिदै आएको छ । जीमेलको यो सेवा पछि धरै उपभोक्ताहरुले लाभ दिन सक्ने देखिएको छ ।
जीमेलवाट फोन गर्न तपाइले जीमेल लगइन गरेर कल अप्सनमा गई नम्वरमा सिधै डायल गर्न सकनुहुनेछ । तर यो सुविधा अमेरिका र क्यानडावाट फोन गर्दा भने नपाइने जीमेल व्यवस्थापनले जनाएको छ । अमेरिका र क्यानडावाट नेपाल फोन गर्दा भने प्रति मिनेट लगभग १३ रुपैया नै पर्ने छ ।
जीमेलले भीओआइपी प्रविधिवाट यो सेवा उपलव्ध गराएको हो । जीमेलको यो सेवा उपभोक्ताहरुले लिन थालेपछि नेपाल टेलिकम लगाएतका दुरसाचार प्रदायकहरुलाई भने असर पर्ने देखिएको छ ।
हुनत जीमेलले नयाँ एमेल एकाउण्ट खोल्दा सुरक्षा प्रत्याभुतीका लागि भन्दै नयाँ एकाण्ट खोल्ने व्यक्तिको मोवाइल माग्ने गर्दछ । मोवाइल नम्वर पठाउने वित्तिकै जीमेलको तर्फवाट फोन आउने गर्दछ ।
जीमेलवाट आउने फोनमा नेपाली नम्वर देखिने गरेको छ । यसरी गरिएको कल वाइपास नेपालमा भने गैरकानुनी मानिन्छ ।
जीमेलवाट आउने फोनमा नेपाली नम्वर देखिने गरेको छ । यसरी गरिएको कल वाइपास नेपालमा भने गैरकानुनी मानिन्छ ।
अर्को सामाजिक साजाल स्काइपले आफ्ना साजालभित्रका व्यक्तिहरुसँग फोन गर्ने प्रविधि लोकपि्रय भएपछि जीमेलका तर्फवाट यो कदम चालिएको अनुमान गरिएको छ ।
http://ictenter.com.np बाट साभार
Filed Under: प्रबिधि


0 comments
Trackback URL | Comments RSS Feed