बाहुनडागीमा राहत स्वरुप खाद्यन्न वितरण
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
झापा । झापाको बाहुनडागीस्थित महिला कृषि सहकारी संस्थाले बिहीवार गाविस क्ष्ँेत्रका ९ जना गरीव, असहाय, अपांग र पीडितलाई खाद्यन्न वितरण गरेको छ ।महिला विकास कार्यालय झापाको सहयोगमा ९ वडाका ९ जनालाई चामल, दाल र तेल लगायतका खाद्यन्न वितरण गरिएको हो । यसरी खाद्यन्न पाउनेहरुमा भुमा घिमिरे, देववहादुर वस्नेत, वुद्धिमाया दर्जी, विमला भुजेल, धनमाया धमला, कुमारी सुव्वा, याममाया मगर, रत्नबहादुर थापा र चक्कल किसानलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको हो ।
सोही कार्यक्रममा प्रकृति संरक्ष्ँण समाजले विभिन्न जातका दर्जनौ विरुवा स्थानीय महिलाहरुलाई प्रदान गरेको थियो ।संस्थाकी अध्यक्ष्ँ हेमा घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुन कार्की, पत्रकार पर्वत पोर्तेल, अग्नीमाया मेचेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तस्वीर क्याप्सनः बाहुनडागी गाविसवासीलाई राहत स्वरुप खाद्यन्न वितरण गर्दै प्रकृति संरक्ष्ँण समाजका अध्यक्ष्ँ अर्जुन कार्कीलगायत । महिला विकास कार्यालय झापाको सहयोगमा वाहुनडागी महिला कृषि सहकारी संस्थाले विहीवार उक्त खाद्यन्य उपलव्ध गराएको हो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed