• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

भवनको अभावमा काममा बाधा

काँकरभिट्टाभाद्र  / नेपालको पूर्वीनाका काँकरभिट्टास्थित पुरानो भन्सारमा रहेको खाद्य क्वारेन्टाइन प्रयोगशालाले आफ्नो निजी भवनको अभावका कारण दक्ष जनशक्ति भएर पनि प्रभावकारी ढंगले काम गर्न सकेको छैन  

मेची भन्सार कार्यालय काँकरभिट्टा नाका हुँदै आयात तथा निर्यात हुने खाद्य वस्तुहरुको गुणस्तर मापन गर्न यस कार्यालयले २०६१ साल माघदेखि कार्य सुरु गरेको भए पनि हालसम्म कामका निम्ति उपयुक्त भवन नभएका कारण जोखिमपूर्ण तरिकाले काम गर्नु परेको कर्मचारीहरु बताउँछन्

खाद्य वस्तुहरुको उपभोग्य अवधि हेर्न प्रयोग गरिने उकरणबाट आरजीमोना, मेक्सीकोना तथा प्रोटीनको मात्रा हेर्न प्रयोग गरिने जेलदाल नामक उपकरणबाट अत्याधिक मात्रामा सल्फयूरिक एसीडको ग्यास निस्कने कोठाबाट तत्काल सो ग्यास बाहिर फ्याक्ने व्यवस्था नभएका कारण काम जोखिमपूर्ण प्रभावकारी हुन नसकेको कार्यालय प्रमुख विमलकुमार दाहालले बताए  
उनका अनुसार काम गर्ने उपयुक्त कोठा छैन जसका निम्ति ल्यावटेस्ट गर्दा निस्किएको विकार तत्वहरु ग्याँस तथा पानी बाहिर फ्याँक्ने ठाउँ हुनुपर्दछ त्यसो भए मात्र काम गर्न सजिलो हुन्छ मेसिनबाट कहिलेकाही अत्याधिक ग्यास निस्कने कोठामा रुमलिरहने हुँदा मेसीन चलाएर बाहिर बस्नु परेको कर्मचारीको गुनासो  
एक जना कार्यालय प्रमुख, दुई जना प्राविधिक सहायक कर्मचारी एक जना पियनको व्यवस्था रहेको उक्त कार्यालयमा कहिलेकाही कामको अत्याधिक चाप बढ्ने हुनाले काम भ्याउन कठिन भएको एक कर्मचारीले बताए कार्यालयले गत आर्थिक बर्ष २०६६÷०६७ मा सय ४४ वटा आयात तथा निर्याततर्फ ४६ वटा नमूना परीक्षण गरेको सो वापत जम्मा रु लाख ७४ हजार सय विश्लेषण दस्तुर संकलन गरेको जनाएको  
भन्सार नाका हुँदै बैधानिक किसिमले नेपाल भित्रिने खाद्य वस्तुहरु जस्तै दाल, चामल, विस्कुट, फलफूलको रस आदि वस्तुको शुद्धता परीक्षणका निम्ति भन्सारले आफूहरुलाई नमुना पठाउने त्यसपछि ल्याबटेस्ट हुने गरेको कार्यालयले जनाएको  
कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगरको मातहतमा रहेको यस कार्यालयमा प्रभावकारी कामका लागि आफ्नो निजी भवन आवश्यक कर्मचारी तथा केही उपकरणहरु समेत सफलता मिल्ने कार्यालय प्रमुख दाहालको कथन कार्यालयको निजी भवनको निम्ति खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरकारी जग्गा खोजी गर्न पत्राचार गरेको भए पनि हालसम्म उपयुक्त जग्गा नभेटिएको कार्यालयले जनाएको बार्षिक लाख ५० हजार घर भाडाको रुपमा तिर्दै आएको सो कार्यालयलाई व्यवस्थित गर्न सके भविष्यमा बजारमा देखिने अखाद्य वस्तुहरुको मिसावटलाई रोक्न मदत मिल्ने

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply