इजाजतबिना भारतीयले लादैछन् नेपालको ढुंगा–गिट्टी
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
दिनेश कार्की । झापा ।
सीमावर्ती क्षेत्रको नेपाली भू–भागमा पर्ने नदीबाट भारतीय क्रसर उद्योगले ढुंगा–गिट्टी निर्यात गरिरहेका छन् ।
![]() |
| झापाको मेचीनदीमा गिट्टी बालुवा निकाल्दै मजदुहरु :- Photo Prakash |
नेपाल भारतको सीमामा रहेको मेची नदीको भू–भागबाट विना इजाजत भारतीय क्रसर उद्योगले दैनिक ढुंगा गिट्टी निर्यात गर्ने गरेका हुन्
। भारतीय क्रसर उद्योगले दैनिक दर्जनौं ट्रकमा ढुंगा–गिट्टी निर्यात गर्ने गरेको स्थानीयबासीले बताएका छन् । सीमाक्षेत्र या अन्य क्षेत्रमा पर्ने नदीनालाको ढुंगा–गिट्टी ठेक्कामार्फत अनुमति दिएपछि मात्रै उठाउन मिल्ने कानूनी व्यवस्था छ तर, नेपाली सीमामा सञ्चालित भारतीय क्रसर उद्योगले विना इजाजत ठूलो मात्रामा ढुंगा–गिट्टी पैठारी गर्दै आएको बताइएको छ ।झापाको उत्तरपूर्वी गाविस बाहुनडाँगँी र इलामको जिर्मले गाविसमा पर्ने मेचीको बगरबाट ढुंगा–गिट्टी भारत लान थालेको १० बर्ष बढी भइसकेको बाहुनडाँगी गाविसका पूर्व सचिव नीलकण्ठ तिवारीले जानकारी दिनुभयो । अहिले पनि त्यो क्रम जारी रहेको र भारतको नक्सालबाडी, ताराबारी क्षेत्रका क्रसर उद्योगले दैनिक ठूलो परिणाममा ढंगा–गिट्टी निर्यात गर्ने गरेको तिवारीले बताउनुभयो अन्य क्षेत्रबाट पनि ढुंगा–गिट्टी लैजाने क्रम बढेको स्थानीयबासी बताउँछन् ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed