• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

‘प्रस्तावित लिम्बुवान’ क्षेत्रमा नयाँ मुद्दाबाट आन्दोलन सुरु

‘सर्वजातीय सरकार’ मागमा पूर्वका ९ जिल्ला ठप्प, पाँचथरमा एक लिम्बुवान कार्यकर्ता पक्राउ
खिलानाथ ढकाल
विराटनगर, भदौ २ ÷ राजकुमार नाल्बो अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले ‘सर्वजातीय सरकार’को नयाँ मुद्दा अघि सार्दै सो माग सुनिश्चित गराउन सरकारलाई दबाब दिन बुधबार पूर्वका नौं जिल्ला ठप्प पारेको छ । लिम्बुवानको बन्दले ९ वटै जिल्लामा यातायात बन्द रह्यो, बजार र उद्योगधन्दा खुलेनन् । धेरै जिल्लामा शैक्षिक संस्था पनि ठप्प रहे ।
‘सर्वजातीय सरकार’सँगै नयाँ संविधान पनि सर्वजातीय हुनुपर्ने र यसका लागि राजनीतिक गोलमेच सम्मेलन गर्नुपर्ने, सहमतीय राष्ट्रिय सरकार र राजनीतिक गतिरोध फुकाउन दबाब दिन बन्द आह्वान गरिएको पार्टी अध्यक्ष नाल्बोले बताए । दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले लिम्बुवान आन्दोलनलाई सशक्त पार्न आफूले नयाँ मुद्दा सारेको बताए । मोर्चाले लिम्बुवानवादी संगठनसँग विगतमा गरिएका सहमति कार्यान्वयन गर्न समेत सरकारसँग माग गरेको छ ।

लिम्बुवानको बन्दले मोरङ, झापा, सुनरी, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित भयो । जिल्लास्थित संवाददाताका अनुसार बन्दको असर मेची अञ्चलमा बढी परेको छ । ती जिल्लामा शैक्षिक संस्था पनि ठप्प छन् । विराटनगरमा बन्दको असर खासै परेन । पाट्टफुट्ट सवारीसाधन चले । शिक्षण संस्था पनि सञ्चालन भए । धनकुटामा यातायात बन्द रहे पनि शिक्षण संस्था र बजार खुला रहेको छ ।
बन्दमा बजार र यातायात बन्द गराउँदै हिँडेका एक कार्यकर्तालाई पाँचथर प्रहरीले बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा नोगेन थेवे रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले बजार बन्द गराउँदै गर्दा पक्राउ गरेको हो ।
कुमार लिङदेन अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट संविधानसभामा प्रतिनिधित्व गरेकोमा भर्खरै अलग भएर नाल्बोले नयाँ पार्टी खोलेका हुन् । मञ्च संविधानसभा चुनावमा माओवादीबाट विद्रोह गरेका लक्ष्मण थारु र पूर्वका ९ जिल्लालाई आत्मनिर्णयको अधिकारसहित स्वायत्त लिम्बुवान प्रदेशको माग गर्दै संघर्षरत कुमार लिङ्देनका दुई छुट्टै पार्टीले बनाएको चुनावी मोर्चा थियो । मञ्चबाट समानुपातिकतर्पm थारु प्रतिनिधि रुक्मिणी चौधरी र लिङ्देन प्रतिनिधि राजकुमार नाल्बो सभासद् थिए ।
नाल्बो लिङ्देन समूहमा हुँदा यसअघि आत्मनिर्णयको अधिकारसहित पूर्वका ९ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने मागमा आन्दोलन गर्दै आएका थिए । पार्टी विभाजनपछि उनले त्यसमाथि नयाँ मुद्दा थपेर आन्दोलन थालेका हुन् ।
एकै मोर्चामा रहेर पूर्वका नौं जिल्लालाई ‘प्रस्तावित लिम्बुवान राज्य’ घोषणा गरेर आन्दोलन गर्दै आएका लिम्बुवानवादी संगठनमा फुटमाथि फुट छ । संविधानसभामा कुमार लिङ्देन पक्षबाट सभासद् बनेर गएका नाल्बोले लिङ्देनकै राजनीतिक विचारसँग विमति राख्दै छुट्टिएर नयाँ पार्टी खोलेका हुन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply