समाचार लेखेको आरोपमा पत्रकार धम्क्याइओ
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
विराटनगर, भदौ १ (नागरिक)- समाचार लेखेको विषयलाई लिएर विराटनगरस्थित नागरिककर्मी खिलानाथ ढकाललाई झापा, दमकस्थित ब्रोड वे म्यानपावर कम्पनीका सञ्चालक तेजबहादुर योङहाङले 'जे पनि गर्न सक्ने' धम्की दिएका छन्। लिवियामा अलपत्र परे नेपाली शीर्षकको समाचार प्रकाशितपछि आक्रोशित बनेका म्यानपावर सञ्चालकले बिहान 'नागरिक-सागरिक सबै चिनेको छु' भन्दै धम्क्याएका हुन्। 'नागरिक-सागरिक के हो सबै चिनेको छु, तुरुन्त समाचारको खण्डन गर', योङहाङको धम्की उदृत गर्दै ढकालले भने- 'ख्याल गर्नु नत्र जे पनि हुनसक्छ।'
वैदेशिक रोजगारीका लागि लिबिया पुगेका टाँडी गाविसका ६ युवालाई कम्पनीले बन्धक बनाएको समाचार मंगलबार नागरिक दैनिकमा प्रकाशित भएको थियो। समाचार भ्रामक रहेको र आफ्नो कम्पनीलाई नियोजित रुपले बदनाम गराउन खोजेको आरोप लगाउँदै योङहाङले समाचारको खण्डन नगरे मुद्दा हाल्ने समेतको चेतावनी दिएको ढकालले बताए।
८ महिनाअघि झापा दमकस्थित सो ओभरसिजमार्फत लिबिया गएका टाँडी-८ का २२ वर्षीय एनवी लिम्बु, सोही गाविसका दलबहादुर मगर, सनबहादुर मगर, प्रेमबहादुर मगर, रमेश खनाल र भुपेन्द्र घिमिरे बन्धक बनाइएको पीडितले जानकारी दिएका थिए। झापाको दमकबाट प्रकाशित हुने पूर्वसन्देश दैनिकबाट आफ्नो पत्रकारिता शुरु गरेका ढकालले झापाको काकडभिट्टाबाट प्रकाशित हुने जनसंसद दैनिक हुँदै अहिले राजधानीबाट प्रकाशित हुने नागरिक दैनिकका विराटनगर प्रतिनिधी छन् भने यो बल्गका सहयोगी मित्र र शुभचिन्तक पनि हुन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed