ज्यामिरगढीमा जिल्लास्तरीय प्रतियोगिता
मेचीनगर अनलाइन
|
Thursday, August 19, 2010
|
0 comments
धुलावारी भदौ ४/ झापाको ज्यामिरगढीमा जिल्लास्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ ।ज्यामिरगढी खेल विकास समितिको आयोजनामा, ज्यामिरगढीको खेल मैदानमा सम्पन्न हुने सो प्रतियोगिता भाद्र १० देखि २ दिनसम्म सञ्चालन गरिने आयोजक समितिका अध्यक्ष ताराविर कटुवालले जानकारी दिए । जिल्लाभरीबाट एकसय भन्दा बढी खेलाडीहरु संलग्न रहने अनुमान आयोजक समितिको छ । कार्यक्रम सफल पार्नका लागि गणेश कटुवालको सदस्यतामा १९ सदस्यीय आयोजक समिति र ताराविर कटुवालको संयोजकतोमा सल्लाहकार समिति गठन गरिएको स्थानिय पत्रकार खगेन्द्र घिमिरे फोनबाट मेचीनगर अनलाईनलाई जानकारी दिए । प्रतियोगिताबाट छानिएका खेलाडीहरु यही भाद्र १६ देखि १९ गतेसम्म संञ्चालन हुन लागेको राष्ट्रिय बक्सिङ खेलमा सहभागि हुने अवसर प्राप्त गर्नेछन् ।
Filed Under: खेलकुद

0 comments
Trackback URL | Comments RSS Feed