• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

लालसरीको नयाँ घर

विर्तामोड, ११ भदौ । कोरिया अन्तर्राष्ट्रिय विकास नियोग (कोइका)–को सहयोगमा आफ्नो घर बनेपछि मेचीनगर–६ बस्ने लालसरी चौधरी खुशी बनेकी छन् ।
‘खरको छानो भएको घर थियो, पानी पर्दा चुहिन्थ्यो’ कोइकाले विहीबार आयोजना गरेको घर हस्तान्तरण समारोहमा चौधरीले भनिन्, ‘अब त ढुक्क भयो ।’ उनले टीनको छानो र पक्की वालको चिटिक्क परेको घर निर्माण गरेकी छन् । भन्छिन्, ‘यो घर बनाउन एक लाख २० हजार रुपैयाँ लाग्यो ।

लालसरीको मात्र होइन, इलाम, झापा र मोरङमा कोइकाको सहयोगमा बनेका घरमा उनको घर ५००औं हो । नेपालमा कोइकाकी आवासीय प्रतिनिधि योङ्ग अह डु भन्छिन्, ‘थप ८१ घर बन्दैछन् ।’ उनले नेपालका विभिन्न क्षेत्रमा कोइकाले सहयोग गर्दै आएको जानकारी दिंदै थपिन्, ‘शिक्षा र स्वास्थ्यका क्षेत्रमा भोलेन्टियरको माग भए उपलब्ध गराउन सक्छौं ।’
कोइका लगायतका दातृ निकायको सहयोगमा ह्यावीट्याट फर ह्यूमानीटी नेपालले मुलुकका १४ जिल्लामा सात हजार घर बनाइसकेको कार्यक्रममा जानकारी दिइयो । ह्यावीट्याटले दातृ निकायको सहयोग र स्थानीय संघसंस्थाको सहकार्यमा  विपन्न एवम् पछाडि पारिएको समुदायलाई घर बनाउनका लागि सहुलियतमा ऋण उपलब्ध गराउने गरेको छ । ती संस्थासँग सहकार्य गर्दै झापाको सामुहिक हातेमालो विकास समूहले एक हजार दुई सय ९४ घर निर्माण गरिसकेको संस्थाका अध्यक्ष पंकजविक्रम नेम्वाङले जानकारी दिए । 
लालसरीको घर कोइकाको ५००औं, ह्यावीट्याटको ७०००औं र हातेमालोको १२९४औं घर हो ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply