श्रेष्ठ अब झापामा
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
झापा भदौं ५ डेढ महिनाअघि विराटनगर भन्सारका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा सरकारद्धारा फिर्ता वोलाइएका मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी शशीशेखर श्रेष्ठ झापा आएका छन् ।केही समय अगाडी श्रेष्ठले भन्सार अधिकृत मात्रबहादुर पौडेलमाथि राति प्रहरी लगाएर दुव्र्यवहार गरेका थिए । उनले गृट्खा कम्पनी विशाल केमिकलले राजस्व छलेको आरोपमा भन्सारले छानविन गरिरहेको बेला छापा मारेर दुव्र्यवहार गरेका थिए । त्यसपछि कर्मचारीहरुले मुलुकभरको भन्सार कार्यालयहरु ठप्प पारेका थिए । गृहको आदेशमा श्रेष्ठलाई प्रजिअको रुपमा बुधवार झापा पठाइएको हो । झापाका प्रजिअ यादव कोइराला सुरक्ष्ाँ सम्वन्धि एक अध्ययनका लागि चीन जाने भएपछि कोइरालाको स्थानमा श्रेष्ठलाई पठाइएको हो । श्रेष्ठले बुधवारदेखि नै कार्यभार सम्हालेका छन् ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed