काँईलालाई धुलावारीमा सम्मान गरिने ।
मेचीनगर अनलाइन
|
Friday, August 20, 2010
|
0 comments
झापा भदौ ५ यस वर्षको मोतिराम भट्ट साहित्यीक पुरस्कार साहित्यकार बैरागी काँईलालाई प्रदान गरिने भएको छ । त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीले हरेक वर्ष प्रदान गर्दै आएको यस पुरस्कारबाट काँईलालाई सम्मानित गरिने भएको हो । यही भदौ २३ गते चौधौं भानु ज्यन्तीको अवसरमा विविध साहित्यीक कार्यक्रम आयोजना गरी काँईलालाई सम्मानित गरिने स्थानिय पत्रकार खगेन्द्र घिमिरेले मेचीनगर अनालाईलाई फोनमार्फत जानकारी दिएका छन् ।
सो पुरस्कार छानविन समितिका संयोजक कृष्ण बरालले सो पुरस्कारका दावेदार बैरागी काँईलालाई प्रस्ताव राखे बमोजिम सर्वसम्मत भेलाबाट उहाँलाई सो पुरस्कार दिने प्रस्ताव पारित गरिएको थियो ।
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed