हिरासतबाटै तामाङ फरार
मेचीनगर अनलाइन
|
Monday, August 23, 2010
|
0 comments
सिलिगुडी / अखिल नेपाल भारतीय गोर्खा लिगका अध्यक्ष मदन तामाङ हत्याका प्रमुख आरोपित निकेल तामाङ आइतबार प्रहरी हिरासतबाट फरार भएका छन् । गोर्खा जनमुक्ति मोर्चाका नेता समेत रहेका तामाङलाई पक्राउ गरी दार्जिलिङको सिलगुडी नजिकैको एक गाउँमा सीआइडी हिरासतमा राखिएको थियो । सो ठाउँ दार्जिलिङबाट करिब ७३ किलोमिटर टाढा रहेको छ । तामाङ आइतबार बिहान शौचालयबाट
फरार भएको प्रहरीले जनाएको छ । गत अगष्ट १६ तारिखमा प्रहरीले मूल घर बिजनबारीबाट उनलाई पक्राउ गरेको थियो । पक्राउपछि तामाङलाई प्रहरीले न्यायिक हिरासतमा राखेको थियो । गत २१ मे का दिन आफ्नो स्थापना दिवस मनाउने क्रममा सशस्त्र समूहले तामाङको हत्या गरेको थियो ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed