नेपालीको रोजीरोटी खोस्दैछन् भारतीय ठेकदारहरु
मेचीनगर अनलाइन
|
Monday, August 23, 2010
|
0 comments
विर्तामाड ८ भदौं भारतीय मुलकका ठेकदारहरुले जथाभावी रुपमा घर निर्माणका लागि ठेक्का लिँदा नेपालका स्थानीय ठेकदाहरु मारमा परको भन्दै यस्तो चलन बन्द गर्न माग गर्दै स्थानीय ठेकदार र श्रमिकले मजदुर सम्वन्द्ध २ संस्थामा धर्ना दिएका छन् ।
![]() |
विर्तामोडमा घर निर्माणमा संलग्न रहेका भारतीय मदजुरहरु फोटो– प्रकाश |
नेपाल निर्माण तथा श्रमिक संघ, क्यूपेक नेपाल झापाको कार्यालय अगाढी स्थानीय श्रमिक र ठेकदारले धर्ना दिएका हुन् । झापाको काकाडभिट्टा, धुलाबारी, विर्तामोड, सुरुङ्गा लगाएका क्षेत्रमा भारतबाट आएका निर्माण मजदुरले जथाभावी कम रेटमा घर निर्माणका लागि लिने र पेश्की रकम लिएर भाग्ने, करौंडो लगानीमा बनेका घरहरु कमसल तरिकाले निर्माण गरिदिँदा केही वर्षमै पा
नी चुहिने जस्ता समस्या आउने र नेपाली श्रमिक र ठेकदारको रोजीरोटीमा समेत समस्या आएको भन्दै उनीहरुले अनारमनी गाविस र मजदुर सम्वन्द्ध दुइृ संस्थालाई यस अगाडी नै ज्ञापनपत्र बुझाइसकेको ठेकदार श्याम बस्नेतले मेचीनगर अनलाईनको विर्तामाड प्रतिनीधि प्रकाश पौडेल समक्ष बताउनुभएको छ ।निर्माण मजदुरलाई व्यवस्थित गर्न झापाका ठेकदारहरुले संयुक्त श्रम उपसमिति समेत गठन गरेका छन् । घर निर्माणको ठेक्का दिँदा कम्तीमा नेपाली नागरिकता भएको र घर निर्माणको अनुभव बटुलेको मानिसलाई मात्र दिनुपर्ने उनीहरुको माग रहेको छ ।
झापाको विर्तामाडमा मात्रै हाल ६० भन्दा बढी घरहरु प्रवासी ठेकदारले निर्माण गरीरहेको र उनीहरुले विगार गर्दा आपूmहरु दैनिक झमेला मिलाउँदै हिड्नु परेको व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राजवंशी बताउनुहुन्छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed