• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

कल्भर्ट भासिँदा राजमार्ग ठप्प/कटान जारी/सयाँै विस्थापित

झापा,११ भदौ,  सन्जीब चापागाईं
झापाको मेचीनगर नगरपालिका–२ स्थित ढुक्कुरे पैनीको कल्भर्ट भासिएपछि पुर्व–पश्चिम राजमार्गमा आज विहानैबाट यातायात सेवा अवरुद्ध भएको छ । गए रातिदेखिको अविरल वर्षाका कारण सो कल्भर्ट भासिएको र विहान ६ वजेवाट ठुला सवारी साधन र यात्रुवहाक बस सञ्चालनमा रोक लगाइएको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।
हलुका तथा अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेको धुलावारीका प्रहरी
प्रमुख दीपक वरालले जानकारी दिनुभयो ।
पुर्व पश्चिम राजमार्गमा पर्ने सो कल्भर्ड भासिएपछि सयौ सवारी साधन वाटैमा अलपत्र परेका छन । नेपालको पूर्वीनाका काँकरभिट्टावाट झण्डै आठ किलोमिटर पश्चिममा रहेको सो कल्भर्ट मर्मतका लागि सडक डिभिजन कार्यलयवाट प्राविधिकको टोली आइसकेको र भोलिसम्ममा मर्मत सकिने प्रमुख वरालले जानकारी दिनुभयो ।
त्यस्तै वाढीका कारण मेचीनगर १० स्थित कालिखोलामा रहेको काठेपुल समेत भत्कीएको छ ।सो पुल भत्कदा रमाइलो वस्तीका दर्जनौ घरपरिवारका सर्वसाधारणलाइ आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्याल काकरभिट्टाले जनाएको छ ।
त्यस्तै टिमाइ खोलामा आएको वाढले मेचीनगर नगरपालीका–१ स्थित धुलावारीमा एक घर वगाएको छ भने दर्जनौ घरमा पनि पसेको छ । गएराति आएको वाढीले स्थानीय मिलन लुइटेलको घर वगाउदा उनको ४ जनाको परिवार विस्थापित वनेको छ ।

उता अविरल वर्षापछि हडिया खोलामा आएको वाढी गाँउ पस्दा झापाको घोडामारा स्थित भालु चौरी भन्ने स्थानमा १६ घर डुवानमा परेका छन ।
उनिहरुको उद्धारका लागि त्यहा जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलि खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबीच, बाढीले गर्दा जिल्लाको दक्षिणी भेक कुमरखोद गाविसको सतारबस्तीका ५२ परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।
यता विरीङ्ग नदिले डागिवारी वडानम्वर २ मा कटान जारी राखेका कारण खोला जुनसुकै वेला गाउ पस्न सक्ने सम्भावना वढेको स्थानीयवासीले वताएका छन । खोला गाउ पसे त्यहाँका सयौ घरपरिवार विस्थापित हुने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
चन्द्रगढीको सुकुम्वासी टोल, भद्रपुर नगरपालिका र डाँगीबारी गाविसमा बाढीको पानी पसेपछि जनजीवन अस्तव्यस्त भएको छ ।
उता कमल–बनियानी नदीमा आएको बाढीले झापाको दक्षिणी भेगका महाभारा–८ स्थित मानवबस्तीमा व्यापक कटान गर्नुका साथै १५० बिघा जग्गासमेत बगाएको छ ।
बाढीको पानी मानवबस्तीमा पसेकाले अहिलेसम्ममा ११ परिवारको घर बगाइसकेको र बस्ती नै जोखिममा परेको स्थानीय विजय अग्रवालले जानकारी दिनुभयो ।
उहाका अनुसार सो वडाको टुनुबस्तीका कृष्ण राजवंशी, एकली राजवंशी, धर्म राजवंशी, मनोरथ भट्टराई, लक्ष्मण भट्टराई, बलर ताजपुरिया, धर्म ताजपुरिया र हागरु ताजपुरिया गरी ११ परिवारको घर कटान भइसकेको र अझैं कटान जारी छ । विस्थापित परिवारहरू आ–आफना आफन्तको घरमा जान वाध्य छन् ।
निरन्तर वर्षा भइरहेकाले दुधे–महाभारा र कुञ्जीबारीका ठाउँठाउँमा सडक क्षतिग्रस्त भएकाले यातायात सेवा समेत ठप्प भएको छ ।

बाढीको कारणले महाभारा गाविसको वडा नं १ देखि ८ सम्म व्यापकरूपमा क्षति भइरहेको र वडा नं ३ स्थित बालकल्याण मावि भवनसमेत कटान हुने सम्भावना बढेर गएको छ । वर्षाले झापाको विभिन्न ठाउँहरूमा थप क्षति हुने सम्भावना रहेको छ ।

यता रतुवा खोलामा आएको बाढीका कारण लखनपुर गाविसका वडा नं १, ३, ५, ८ र ९ का करिब १०० घर डुबानमा परेका छन् ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply