भुटानी शरणार्थी समुहको आरोप
मेचीनगर अनलाइन
|
Friday, August 27, 2010
|
0 comments
झापा,११ भदौ, सन्जीब चापागाईं
बिभिन्न ४ वटा भुटानी शरणार्थी संगठनले स्वदेश फिर्तीका लागि संयुक्तरुपमा गर्ने भनिएको आन्दोलन षड्यन्त्रको रुप भएको राहत बञ्चित पिडित भुटानी शरणार्थी समुहले आरोप लगाएको छ । समुहका सञ्योजक नन्दू पौडेलले आज बिज्ञप्ति जारी गर्दै शरणार्थीहरुको मुद्दामा कहिल्यै पनि काम नगरेका नेताहरुले काठमाण्डौमा कार्यालय खोलेर आन्दोलन गर्छौ भन्नु हास्यास्पद भएको
जनाउनु भएको छ ।
जनाउनु भएको छ ।
शरणार्थी आन्दोलनमा वास्तविक सहयोग पुर्याउने भए शिविरमा आएर राजनीति गर्न आग्रह गर्दै सस्तो प्रचारबाजीमा नलाग्न नेताहरुलाई बिज्ञप्ति मार्फत चेतावनी दिईएको छ ।
हाल बिभिन्न शरणार्थी शिबिरहरुमा ३ हजार १ सय ९० जना राहत बञ्चित शरणार्थी भोकभोकै बस्नु परेको उल्लेख गर्दै तिनीहरुको पक्षमा केहि नवोल्लने नेताहरु शरणार्थी हितको कुरा गर्लान भनेर अपेक्षा गर्नु ब्यर्थ हुने पौडेलले बताउनुभयो ।
Filed Under: शरणार्थी

0 comments
Trackback URL | Comments RSS Feed