• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

मेचीनगर नगरपालिका VISION 2030

  मेचीनगर नगरपालिकामा कुनै पनि दीर्घकालीन सोच निमार्ण भई कार्यराम्भ गर्न नसकेको वर्तमान अवस्थामा Vision 2030 ब्यवस्थित ढंगले लागु गरियो भने मेचीनगर देशकै एउटा विकसित र समुन्नत नगरको रुपमा पहिचान हुन सक्छ । देशको राजनीतिक पक्ष, सामाजिक सास्कृतिक पक्ष, संस्थागत र ब्यवस्थापन पक्ष, प्राविधिक पक्ष र वातावरणीय पक्ष्ँलाई सगस“गै समेटेर योजना लागु गरेमा Vision 2030  नगर विकासमा एउटा कोसेढुङ्गा सावित हुन सक्छ र यसले नगरवासीको अपेक्षित लक्ष्यलाई समेत सम्बोधन गर्नेछ । यसबाट मेचीनगर सास्कृतिक सम्पदा सहितको आर्थिक र सामाजिक नगरको रुपमा विकसित हुने छ
प्रारम्भ :– कुनै क्षेत्रको विकास गर्न स्पष्ट सोच (Vision) को आवाश्यकता पर्दछ । आर्थिक र सामाजिक विकास सम्वन्धि लक्ष्य निर्धारण गरी समुदायलाई त्यो बाटोमा डो–याउने हो भने एक समुन्नत, आधुनिक एवं सीपयुक्त उन्नत समाजको सृजना गर्न सकिन्छ । नेपालको वर्तमान अस्थिर राजनैतिक अवस्थाको समयमा भविष्यको लक्ष्य सहितको योजना निमार्ण गर्न र त्यसको कार्यन्वयन तहमा पुग्न धेरै चुनौतिहरु छन् । तर पनि त्यस्ता चुनौतिलाई सामना गर्दै अगाडी बढनु पर्ने सोचका साथ मेचीनगर नगरपालिको दीर्घकालीन विकासको यो अवधारणा तयार गरिएको छ । आ.व. २०६७/२०६८ (सन् २०१०) देखि वि.स. २०८७/२०८८ (सन् २०३०) सम्मका लागि मेचीनगर नगरपालिकाको सर्वाङ्रीण पक्षको विकासको लागि ‘भिजन द्दण्घण्’ प्रस्ताव गरिएको छ । यसले २० वर्ष पछिको एक विकसित नगरको परिकल्पना गरेको छ । ‘भिजन द्दण्घण्’ का निम्न रणनीतिक उद्देश्यहरु रहेका छन् । 

रणनीतिक उद्देश्य :– 
१. उपलब्ध श्रोत, साधन र मानवीय सीपको अधिकतम प्रयोग गरी गरिवी न्युनीकरण गर्ने ।
२. पूर्वाधारहरुको निमार्ण र सामाजिक क्षेत्रमा ब्यापक लगानी गरी सोको प्रतिफल अधिकतम् 
  नगरवासी समक्ष्ँ पु–याउने ।
३. मानव संसाधन, पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रको विकासमा लगानी गरी बेरोजगारी कम   गर्ने र श्रम शक्ति पलायन हुनेबाट रोक्ने ।  
४. मानिसका आधारभूत आवाश्यकताहरु गा“स, वा“स, कपास, शिक्षा, स्वास्थ्य र शान्ति शुरक्षाको 
          प्रत्याभूत हरेक नगरवासीलाई गराउने ।  
५. गैर सरकारी क्षेत्रको लगानी आकर्षण गर्न तथा साझेदारी कार्यक्रम सञ्चालन गर्न आवाश्यक   वातावरण सृजना गर्ने । 
६. सामाजिक सदभाव र एकताको वातावरण निमार्ण गरी सवै वर्ग, लिङ्ग, जाति, धर्म, संस्कृति र 
         समुदायको साझा थलोको रुपमा नगरलाई विकास गराउने । 

Vision 2030 का लक्ष्यहरु 
नगरको दीर्घकालीन विकासका लक्ष्य हासिल गर्दा वीस वर्ष पछिको मेचीनगर नगरपालिकाका कस्तो हुनेछ भनी यह“ा पुर्वाअनुमान गरिएको छ । 
१. गरिवी निवारण :– गरिवीको रेखामुनि रहेर विहान–बेलुका हात मूख जोर्न समेत नसकिरहेका     
          मानिसहरुको जीवन–स्तर वृद्धि भई सवै मानिसले आÏनै घरको छानामुनी बस्न, दुई छाक स्वच्छ   खाना खान, छोराछोरीलाई सहुलियत रुपमा शिक्षा दिन, कम शुल्कमा स्वास्थ्य उपचार लिन 
          सक्नेछन् । 
२. विकास निमार्ण :– न्यूनतम आधारभूत मापदण्ड पुरा गरी बनाइएको नगर भित्रका ग्राभेल सडकहरु कालोपत्रे हुनेछन् । र ब“ाकी सडकलाई मापदण्ड भित्र ल्याई विस्तार तथा ग्राभेल गरिएको हुनेछ । कृषियोग्य जमिन र बसोबास योग्य जमिन छुट्याई कृषियोग्य जमिनमा सिचाई, तटबन्ध र बसोवास क्षेत्रमा आवाश्यक सडक, पुल, कल्भर्ट निमार्ण तथा विद्युत, टेलिफोन र शुद्ध खानेपानिको उपलब्ध हुनेछ । 
३. पह“ुच :– सरकारी क्षेत्रबाट प्राप्त हुने सेवा सुविधाहरु सवै नागरिकले सजिलै लिन सक्नेछन् । नगरपालिका सवै नगरवासीहरुलाई बदलि“दो समय र आवाश्यकता अनुसारको सेवा तथा सूचना दिन सक्षम हुनेछ । गुणस्तरीय वस्तु तथा सेवा सहितको बजारको सुविधा उपलब्ध हुनेछ । कृषि तथा पशुपालन सम्वन्धिको सेवा नगरवासीलाई उपलब्ध हुनेछ । 

क्षेत्रगत अवधारणा 
उपयुक्त दीर्घकालिन योजनाको आधारमा क्षेत्रगत रुपमा निम्न अवधारणा तथा नीतिहरु अगाडी सारिएको छ । 
१.कृषि :– यस क्षेत्रको अधिकांश मानिसहरु कृषिमा निर्भर रहेकाले र कृषिनै आम्दानीको प्रमरख श्रोत भएकाले हालको परम्परागत कृषि प्रणालीलाई निरुत्साहित गर्दै वैज्ञानिक र ब्यवसायिक कृषि प्रणालीमा मानिसहरुलाई समावेश गराइने छ । कृषि विकासमा आमूल परिर्वतन गर्नका लागि सि“चाई, कृषि प्रविधि, कृषि सडक, उन्नत बीऊवीजन, कृषि प्राविधिक, कृषि बजार आदिको सुविधा र प्रयोगमा विस्तार गरिने छ । कृषिलाई औधोगिक विकासको आधार बनाउन र रोजगारीको क्षेत्र विस्तार गर्न, गरीवि निवारण गर्न, कृषिको लगानीलाई प्राथमिकता दिइनेछ । कृषिमा रहेको अर्ध बेरोजगारी र लुप्त वेरोजगारीलाई सदुपयोग गरी किसानको आयस्तर वृद्धि गर्न कृषि सगैं पशुपालन ब्यवसायलाई प्रोत्साहन गरिने छ । यसका लागि कृषकहरुलाई सहुलियत र सहज तरीकाले ब्यक्तिगत र सामुहिक कर्जाको सूविधा उपलब्ध गराईने छ । स्थानीय हावापानीमा खेती गर्न सकिने जडीबुटीहरुको खेतीलाई प्रोत्साहन गरिने छ । 

२. पर्यटन  ः– पर्यटको लागि गन्तब्य स्थानको पहिचान गरी तिनीहरुको विकास गरिने छ । त्यो लक्ष्य अवधीमा नगर भित्र रहेका सामुहिक वन क्षेत्रमा सम्भाब्यताको आधारमा वन्य जन्तु आरक्ष्ँण, बुटानिकल गार्डेन, चिलड्रेन पार्क, पिकनिक स्पोर्ट, जलाधार संरक्षण क्षेत्रको विकास गरिने छ । त्यस्तै ती क्षेत्रहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या आकर्षित गर्न प्रचार–प्रसार गर्न र पूर्वाधारहरु निमार्ण गर्न (होटल सडक आदि) कार्य हुनेछ । यसबाट नगरबासीहरु प्रत्यक्ष र नगरपालिकाले अप्रत्यक्ष रुपमा आम्दानी लिन सक्नेछन् । 

३. उद्योग तथा वाणिज्य :– नगर क्षेत्रमा उद्योगहरु स्थापना गर्नका लागि प्राथमिकता दिइने छ । कृषि तथा उद्योग क्षेत्रमा रहेको असमानतालाई न्युनीकरण गर्न ग्रामीण उद्यमशीलताको विकास गरिने छ । घरेलु तथा साना उद्योग स्थापनामा जोड दिदै महिलाहरुलाई यस क्षेत्रमा आकर्षित गराइने छ । त्यस्तै वाणिज्य क्षेत्रलाई पूर्ण प्रतिस्पर्धात्मक, स्वचालित बनाइने छ तथा आवाश्यकता अनुसार तालिम तथा गोष्ठीको आयोजना गरिने छ । घरेलु उद्योग स्थापना गर्नलाई सहुलियत रुपमा कर्जा उपलब्ध गराइने छ । यसबाट मानिसहरु आत्मनिर्भर हुने उनीहरुहरुको आयस्तर बढ्नेछ । 

४. पूर्वाधारको विकास :– मेचीनगर क्षेत्रका तीनवटा उत्तर–दक्ष्ँिणका प्रमुख मार्गहरु ज्यामिरगढी–वर्ने, गोवनसरी–भृकुटी, काक“रभिट्टा–बाहुनड“ागी सडक ड्रेन सहित कालोपत्रे गर्ने र सडक दुवै छेउमा वृक्ष्ाँरोपण गर्ने कार्य सम्पन्न हुनेछ । मापदण्ड भित्र रहेका सडकहरुको कालोपत्रे र ब“ाकी सडकहरुको विस्तार र ग्राभेल गरिने छ । पैनी, ब“ाध, तटबन्ध निमार्ण सम्पन्न हुनेछ । बसोवास भएका क्षेत्रहरुमा विद्युत, टेलीफोन, खानेपानीको विस्तार हुनेछ । एउटा शक्तिशाली थर्मल प्लान्ट स्थापना गरी मेचीनगर नगरपालिकालाई लोडसेटिङ मूक्त क्षेत्र बनाइने छ । मेचीनगर भारतको सिमा क्षेत्र भएकाले यह“ा ब्यपारको केन्द्रविन्दु बन्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसलाई ड्राइपोर्टको रुपमा विकास गर्ने र उक्त नाकासम्म भारतका रेल यातायातको सञ्चालन गर्ने साथै नेपाल भित्र समेत रेल सेवा विस्तारको शुरु गर्ने । 

५. समाज विकास :– स्वास्थ्यको प“हुच सवै क्षेत्रमा पु–याइने छ । यसबाट वाल मृत्युदर, कोरा मृत्युदर न्यूनीकरण हुनेछ । औषत आयु वृद्धि गर्ने र जन्मदर कम गर्ने प्रकारका प्रभावकारी चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ । हालको प्राथमिक स्वास्थ्य केन्द्रमा विशेष सेवा सम्पन्न बनाइनेछ र उपस्वास्थ्य चौकीलाई MBBS सेवा सम्पन्न बनाइने छ । आवाश्यकता अनुसार घुम्ती स्वास्थ्य क्लिनिक सञ्चालन गरिने छ । अस्पताल सेवाको प“हुचमा नपुगेका सवै जनालाई उक्त सेवा लिन प्रेरित गरि सुविधा प्रदान गरिने छ ।  यसबाट कोही नागरिकले पनि आर्थिक वा अन्य कारणले स्वास्थ्य सुविधाबाट वञ्चित हुने छैनन् । 

६. शिक्षा खेलकुद र सञ्चार :– विद्यालय जाने उमेरका वालवालिका कोहि पनि शिक्षाबाट वञ्चित हुने छैन । ६ वर्ष देखि १५ वर्ष सम्मका वालवालिका विद्यालयमा हुनेछन् । सवै वालवालिकाहरुले आधारभूत तहको शिक्षा (कक्ष्ाँ १–८) पूरा गरेका हुनेछन् । विचमा विद्यालय छाडेका वालवालिकाहरुलाई खुला शिक्षा वा अनौपचारिक शिक्षा मार्फत पूनः मूल प्रवाहमा ल्याइने छ । यो अवधीमा नगरको साक्षरता शत प्रतिशत हुनेछ । नगरभित्रका सवै सामुदायिक विद्यँलय, क्याम्पसलाई आर्थिक र भौतिक सहयोग गरी गुणस्तरमूखी विद्यँलय बनाइने छ । त्यस्तै नीजि क्षेत्रबाट सञ्चालित शिक्षालयहरुको सफल ब्यवस्थापनमा नेतृत्व प्रदान गरिने छ । आवाश्यकता अनुसारका सीप तथा प्रविधि शिक्षणको लागि एउटा बहुप्राविधिक शिक्षालयको स्थापना गरिने छ । सञ्चारको विकासलाई जनसमक्ष पु–याइने छ । खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ नगर भित्र एउटा ब्यवस्थित खेलकुद मैदान र हल निमार्ण गरिने छ । खेल क्षेत्रमा रहेका खेलाडीहरुलाई प्रोत्साहित गर्ने प्रकारका कार्यक्रम सञ्चालन गरिने छ । सञ्चारका आधुनिकरण तर्फ नगरलाई समाहित गर्दै लगिने छ । 

७. बजार ब्यवस्थापन :– नगर भित्रका बजारहरु (पशुबजार, सब्जीबजार, माशुबजार, थोक खुद्राबजार) लाई ब्यवस्थित गरिनेछ । बजारमा विक्रीका लागि राखिने सामाग्रीहरुको गुणस्तर परीक्षणका लागि एउटा आधुनिक प्रयोगशालाको स्थापना गरिने छ । मादक पदार्थको बजारलाई ब्यवस्थित गरी उक्त बजारलाई वालवालिका प्रयोगबाट टाढा राखिने छ । 

८. वनसम्पदा र वातावरण संरक्षण :– नगरक्षेत्र भित्रको सामुदायिक वनहरुको सिमाना छुट्याई घेरावारा गरिनेछ । यसबाट वनसंरक्ष्ँण हुनेछ । वनसम्पदाको हालको उपभोगदरलाई न्यूनीकरण गर्दै वैकल्पिक क्षेत्रहरुको उपयोगलाई प्राथमिकता दिइनेछ । यो अवधिमा वातावण प्रदुशण गराइने प्लाष्टिक झोलाको उपयोग शुन्यमा झारिने छ । वजार र घरबाट निस्केका फोहोरहरुलाई ऋथअष्लिन गरिने र नगरिने दुई भागमा विभाजित ब्यवस्थापन गरिनेछ । एउटा ब्यवस्थित म्गmउष्लन कष्तभ को स्थापना गरिने छ । खाली जमिनमा वृक्षारोपण गरी नगर हरावरा बनाइने छ । 

९. नागरिक भावना :– नगरवासी र नगरपालिका विच सुमुधुर सम्बन्ध स्थापना हुनेछ । नगरवासीमा सार्वजानिक सम्पत्तिमा सकरात्मक पुनर्बल प्राप्त हुनेछ । सडक, विद्युत, लाइन, पुल, कल्र्भट सार्वजानिक आदि संरक्षणमा ध्यान जानेछ । सडकमा घरायसी सामाग्री राख्ने, गाईबस्तु बाध्ने वर्तमान प्रथाको अन्त्य हुनेछ । एउटा सुन्दर समाज निमार्णका लागि सामाजिक विकृति र विसंगति विरुद्ध लड्न सामूहिक प्रतिबद्धता प्राप्त हुनेछ । नागरिकहरुले आफूलाई सुरक्षित भएको महसुस गर्नेछन् । यसका लागि यो अवधिमा जनशक्ति परिचालन गरी आवाश्यक कार्यहरु सञ्चालन गरिनेछ । नगरवासीमा सकरात्मक भावनाको विकास गराई कर चुवावटलाई न्यूनीकरण गर्दै लगिनेछ । 

१०. कम्प्लेक्स निमार्ण :– मेचीनगर क्षेत्रमा ‘विज्ञान शहर’ (क्अष्भलअभ अष्तथ) निमार्ण हुनेछ । यो स“गै नगरका अथितिहरुलाई राख्नको लागि सुविधासम्पन्न अथितिगृह सहितको एउटा कम्प्लेक्स निमार्ण गरिनेछ । का“करभिट्टा, इटाभट्टा तथा धुलावारीमा सपिङ्ग कम्प्लेप्सको निमार्ण गरिने छ । 

११. E word :– नगरपालिका भित्रका सम्पूर्ण गतिविधिहरु सवारी लाइसेन्स, दर्ता, नागरिकता, महशुल, मालपोत तथ्याङ्क आदि सम्पूर्ण कुराहरु भ(धयचम भित्र समावेस गरी  घरवाटै इन्टरनेटको माध्यमबाट आर्थिक कारोवार तथा सूसूचित हुन सकिने ब्यवस्था मिलाइने छ । 
    
   
                                                                    प्रस्तुतकर्ता
                                                 लीलाप्रसाद भण्डारी (+977९८५२६७४३९५) 
यो प्रस्तबाना सुझवको लागि राखिएको हो र यो दीर्घकालिन योजना मात्र हो यलाई कार्यान्वयन गराउन तपाईहरुको सुझावको सपेक्षा गरेको छु । 
                                                                                                             

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

2 comments

Trackback URL | Comments RSS Feed

  1. Gopal says:

    उत्तरोत्तर प्रगतिका लागि हार्दिक कामना !! बिगतमा जे जसो भए पनि आगामी वर्षहरुमा सबै नगरवासीलाई साथमा लिएर हिड्ने भावनाको बिकास होस् !! सफा सुन्दर नगरको विकासमा ध्यान पुगोस, सहर बिस्तार गर्दा कम्तिमा ५० वर्षपछि आइपर्ने समस्यालाई ध्यान दिएर गरियोस

     
  2. Anonymous says:

    सर्ब प्रथम त यस्तो भिजन तयार गर्ने लिला प्रसाद भण्डारीजीलाई ध्न्यवाद । यो भिजन लिलाजीको मात्र नभई समस्त मेचीनगर वासीको अनी नगरपालिकामा रहेका समस्त कर्मचारी अनि सरकारको समेत बन्न , पर्छ अनिमात्र बिकसीत, समुन्नतर समृद्ध नगरपालीका बन्नेछ।

     

Leave a Reply