बन्दुकसहित कार्यकर्ता पक्राउ
मेचीनगर अनलाइन
|
Friday, October 1, 2010
|
0 comments
पाँचथर, असोज १५- नेकपा (एमाले) का एकजना कार्यकर्ता हतियारसहित पक्राउ परेका छन्। जिल्लाको आरुबोटे गाउँ विकास समिति-४ का कुलबहादुर श्रेष्ठ एकथान भरुवा बन्दुकसहित हिजो पक्राउ परेका हुन्। एकीकृत नेकपा (माओवादी) का गाउँ कमिटी सदस्य महेन्द्र श्रेष्ठलाई मार्ने धम्की दिँदै उनले बन्दुक लिएर श्रेष्ठलाई लखेटेपछि गाउँलेहरूको सहयोगबाट कुलबहादुरलाई पक्राउ गरिएको हो।यसैबीच, प्युठान खलङ्गाका राजेश नेपालीलाई चारथान भरुवा बन्दुक र एक किलो बारुदसहित पक्राउ गरिएको छ।
नेपालीलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका नेपाली र श्रेष्ठलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। रासस
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed