• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

पत्रकार पोर्तेललाई धम्की

काकडभिट्टा १८ भाद्र केही दिन अगाडी काकडभिट्टा क्षेत्रमा जवरजस्ती चन्दा संकलन गरिरहेका तीन जना लिम्वूवानका युवालाई प्रहरीले पक्रेको समाचार लेखेको आरोपमा कान्तिपुर दैनिकका काकडभिट्टाका संवाददाता पर्वत पोर्तेलमाथि सङ्घीय लिम्वूबान राज्य परिषद् क्रान्तिकारीका अध्यक्ष मिसेकहाङ ले धम्की धम्की दिएका छन् । 
उनीहरु पक्राउ परेको करीव ३० मिनेट पछि सो समाचार कान्तिपुर दैनिकको अनलाईन संस्करणमा आएको थियो भने यो  मेचीनगर अनलाइनमा करिव ४५ मिनेट पछि यो समाचार अपडेट भएको थियो ।  उक्त धम्कीको नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, मेचीकाली मिडिया सोसाइटी, अनिज, मेची बोर्डर जर्नालिष्ट एसोसिएसन, दमक पत्रकार मञ्चआदिले प्रेस विज्ञप्ति निकालेर घोर भत्र्सना गरेको छन् ।
झापाको विवेचना दैनिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका पोर्तेलले, झापाको जनसंसद हुँदै अहिले राजधानीबाट प्रकाशित हुने नेपालको पहिलो नं. मा पर्ने पत्रिका कान्तिपुर दैनिकका झापा संवाददाता रहेका छन् ।
मेचीनगर अनलाईन यो धम्कीलाई घोर निन्दा गर्दछ र जनताको सूचना पु¥याउनको लागि दिनराह अहोरात्र खटिने पत्रकारमाथि समाचार लेखेको सम्वन्धमा यस्तो धम्की आउनु भनेको लोकतन्त्रमाथि धावा बोल्नु हो । र यस्ता अपारधीमाथि तुरुन्त कारवाहीको माग गर्दछ ।


Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply