• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

४ वर्षमा पनि टेलिफोनकानम्वर अपडेट हुन सकेनन् ।

भद्रपुर १८ भाद्र नेपाल टेलिकमले चारवर्ष अघि परिवर्तन गरेका झापा सदरमुकामका टेलिफोन नम्बरहरु अझै अद्यावधिक नगर्दा उपभोक्ता हैरानी व्यहोर्न बाध्य भएका छन् । 
टेलिकम इन्क्वाइरीमा १९७ डायल गरी कसैको नम्वर माग्दा पुरानै नम्बर दिएपछि उपभोक्ता अझै हैरानी भोग्न बाध्य भएका हुन् । नेपाल टेलिकमले चन्द्रगढी क्षेत्रका ५२० देखी ५२२ सम्मका एरिया कोड भएका टेलिफोन नम्बर परिवर्तन गरी ४५५ देखि ४५७ सम्म चार वर्षअघि नै बनाएको थियो । तर, टेलिकमको इन्क्वाइरी शाखाले परिवर्तन भएका नम्वरहरु कम्प्युटरमा नराख्दा उपभोक्ता वास्तविक नम्बर पाउनबाट बञ्चित भएका छन् । फोन नलागेर हैरान भएका उपभोक्ताले इन्क्वाइरीमा फोन गर्दा पुरानै नम्बर दिने गरेको छ । इन्क्वारीसँग पुरानो नम्बरमा सम्पर्क भएन नयाँ
नम्बर दिनुहोस भन्दा ‘हामीलाई थाहा छैन’ भन्ने गैरजिम्मेवारी जवाफ पाइने गरेको छ । यसको गुनासो पटक पटक गरेतापनि सुनुवाई नभएको स्थानीयवासीको गुनासो छ । निशुल्क सेवाको रुपमा परिचित १९७ को सञ्चालकको जिम्मा निजी क्षेत्रलाई दिएपछि टेलिकमले जनगुनासो सुन्न छाडेको उपभोक्ताको आरोप छ ।
उपभोक्ताले बाहिरबाट चन्द्रगढी क्षेत्रका कार्यालय वा व्यक्तिका नामा रहेका पुराना नम्बरमा डायल गर्दा ‘तपाईको फोनमा यो सुविधा छैन कृपया उक्त सुविधा लिन नेपाल टेलिकममा सम्पर्क गर्नुहोला’ भन्ने जवाफ टेलिकमले दिने गरेको छ । नेपाल टेलिकम भद्रपुर शाखाका अधिकृत रामप्रसाद दवाडीका अनुसार नयाँ नम्बर कम्प्युटरमा राख्न समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘सबै ठाउँको नयाँ नम्वर अपडेट गर्न समय लाग्छ ।’ उहाँलाई चार वर्षमा अपडेट हुन नसकेको कुरा अब कति वर्ष लाग्छ भनेर सोध्दा केही जवाफ फर्काउनुभएन । एउटा सानो क्षेत्रको टेलिफोन नम्वरहरु अपडेट गर्न नसक्नु टेलिकमको लापारवाहीता हो वा के हो ? के सानो क्षेत्रको नम्वरहरुलाई कम्प्युटराइज गर्न ४ वर्ष समय लाग्छ छ त ?  

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply