पूर्वी क्षेत्र ११ घण्टा सञ्चारसम्पर्कविहिन
मेचीनगर अनलाइन
|
Thursday, September 2, 2010
|
0 comments
विर्तामाड १८ भाद्र लाहान आसपासको क्षेत्रमा विच्छयाइएको अप्टिकल फाईवर्सको तार कसैको काटिदिनाले पूर्वमा ११ घण्टा मोवाईल, टेलिफोन र ईमेल र इन्टरनेट बन्द भएका छन् । हिजो बिहिवार विहान ९ बजेदेखि बन्द भएका सेवाहरु बिहिबार राति १० बजे मात्र खुल्न संभव भएका थिए । यसरी इन्टरनेट सेवा पूर्ण रुपले अवरुद्ध हुँदा यो मेचीनगर अनलाईनलाई पनि अपडेट गर्न गाह्रो भएको थियो ।
नेपाल टेलिकमले वितरण गरेका, लहानदेखि पूर्वका प्रिपेड, पोष्टपेड, स्काई सिडिएमए र इन्टरनेट सेवा पूर्ण रुपले बन्द भएर पूर्वी क्षेत्र सञ्चार सम्पर्कविहिन बनेको थियो । त्यससमयमा एनसेलले को मोवाईल र युटिलको मोवाइलमा भने कुनै अवरोध थिएन त्यस्तै वल्र्डलिंकले वितरण गरेको इन्टरनेटमा पनि कुनै समस्या थिए
न जसले गर्दा सञ्चार सम्पर्कमा केही सजिलो महशुस भएको थियो ।Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed