• homepost1

  • homepost4

  • homepost2

  • homepost5

  • homepost3

  • homepost6

  • homepost7

विद्युत महशुल तिर्नलाई सास्ती

दूधे, १९ भदौ / मध्य झापाका ५ वटा गाविसका झण्डै १२ हजार विद्युतका ग्राहकले न्यूनतम महसूल बुझाउन तेब्बर रुपैयाँ खर्चिनु परेको छ । 
झापाका शिवगञ्ज, धरमपुर, सतासीधामका उपभोक्ताले लागतको तेब्बर रुपैयाँ खर्चिनु परेको हो । यस्तै, महाभारा, पाँचगाछीका आधा बढी विद्युतका उपभोक्ताले विद्युतको न्यूनतम ८० रुपैयाँ बुझाउन २४० रुपैयाँ खर्चिनु परेको स्थानीय उपभोक्ताले बताएका छन् । 
दक्षिणी महाभारा र पाँचगाछी गाविसका आधा बढी उपभोक्ताले दुधे हुँदै दमक गएर महसूल बुझाउने गरेका छन् । महाभाराबाट दूधेसम्मको ४० रुपैयाँ, दुधेबाट दमकसम्मको २५ र दमकबाट विद्युत प्राधिकरणसम्मको रिक्साभाडा २० गरी कूल ८५ रुपैयाँ एकोहोरो यातायात खर्च लाग्ने महाभारा–७ का उपभोक्ता
रामचन्द्र घिमिरेले बताए । त्यसमा घिमिरेले आफ्नो नास्ता खर्चलाई जोडेका छैनन् । उनका अनुसार १ सय ७० रुपैयाँभन्दा बढी दोहोरो यातायात खर्च लाग्छ । महाभारा गाविसका १ देखि ४ र पाँचगाछी गाविसका १ देखि ४ बाहेकका उपभोक्ता दमकको विद्युत प्राधिकरण शाखा काउण्टरमा महसूल बुझाउन जाने गरेको प्राधिकरणका कर्मचारी राजेन्द्र राजवंशीले जानकारी दिए ।
विद्युत महसूल बुझाउन लाग्ने तेब्बर खर्च १२ हजार उपभोक्ताले बर्षौदेखि खर्चिदै आएका छन् । सतासीधाम र धरमपुर गाविस उपभोक्तालाई दोब्बर खर्च लाग्ने भए पनि महाभारा, शिवगञ्ज र पाँचगाछीका लागि तेब्बर खर्च हुने गरेको नेपाली कांग्रेस सतासीधामका सभापति पर्शुराम ढुंगानाले बताए । 
प्राधिकरण स्रोतका अनुसार यतिका संख्यामा उपभोक्ता हुनु भनेको शाखा कार्यालय स्थापनाका लागि मापदण्ड पुगेको हो । झापाको सतासीधाममा दशक अघि निर्माण भएको विद्युत प्राधिकरणको २ कोठे पक्की भवन प्रयोगविहीन छ । पूर्वाधार सम्पन्न सो भवनमा महसूल काउण्टर स्थापना गरे तेब्बर रुपैयाँ खर्चिने ग्राहकलाई राहत मिल्ने थियो ।
कांग्रेस सभापति ढुंगानाका अनुसार झिलझिलेमा विद्युतसंगै टेलिफोन महसूल काउण्टरको आवश्यकता खड्किएको छ । झण्डै ८ सय हाराहारीमा सतासीधाम शिवगञ्ज र धरमपुरमा तार जडित फोनका ग्राहक छन् । भरपर्दो शान्ति सुरक्षा खानेपानी लगायतका पूर्वाधार भएर पनि मध्य झापाका विद्युत तथा टेलिफोनका ग्राहकले पैसाको बर्वादीसंगै समय पनि खेर फाल्नु परेको उपभोक्ताको भनाई छ ।

Filed Under:

About the Author

My name is Dinh Quang Huy or known as alias NhamNgaHanh .I made this template in magazine style and named it Simplex Darkness .I hope it helpful to persons who want a solutions for a template in Blogspot.To download this template and see template install instruction ,go to Simplex Design blog.

Leave a Reply