सारङी रेट्दै छोरो पढाँउदै
मेचीनगर अनलाइन
|
Saturday, September 4, 2010
|
0 comments
बिहान जुरुक्क उठ्यो अनि सारंगीको स्केल मिलाउन थाल्यो । सारंगी संगै घाम झुल्किन्छ अनि रात पनि सारंगी संगै आउछ भुपाल गन्धर्भको । मानिस सडकमा ओहोर दोहोर गर्न थाले पछि साथि संगै सडक किनारको रुखको छहारी बस्यो रुमाल थाप्यो अनि गीतका भाकाले बटुवाको मन जितेर २४ रुपैयो पायो । यो क्रम घाम नडुबुन्जेल रहन्छ त्यो पनि करिब डेढ दशक देखि निरन्तर ।पुख्र्यौली थातथलो भोजपुरको मां दिनं भए पनि गुजरा चलिरहेको छ झापाको पथरीया ८ मा । आफुले साउ अक्षर मात्र चिनेको भए पनि उहाले शिक्षाको महत्व रामै्र गरि बुझनु भएको । २४ बर्षिय भुपालले जेठो छोरालाई सारंगी शिल्पकै भरमा बिद्यालय पढाई रहनु भएको छ् । करिब २ बर्ष त निजी बोडीं स्कुलनै पढाए तर आम्दानीले नधाने पछि र सामुदायिक बिद्यालयको महत्व बुझे पछि अहिल।
गाउकै बिद्यालयमा पढ्दैछन् उहाका छोरा । उहाले भन्नु भयो छोरो जसरी भए पनि त पढाउनु पर्योनि त्यसैले सामुदायिक बिद्यालयमा लगाएको हुँ ।उहाकै दाजु शंकर गन्दर्भ २८ बर्ष पुग्नुभयो । आम्दानी दिनको २ अढाई सम्म दिन्छसारंगीले । त्यसको मुख्य भरथेग चाहि सन्तानकै पढाईका लागि हो । बेलामा आफुले पढन सकिएन छोराछेारी लाई त आफु जस्तै पार्नु भएन नि उहाले भन्नुभयो । आफुले थाह पाए देखि घरमा सारंगी बज्थ्यो । पहिलो खेलौनानै त्यहि भयो । सारंगी सिकाई बारे उहाले भन्नु भयो ।उहाहरुका गित रेडियोबाट घन्कने र ब्याबसायिक खालका मात्र हुदैनन् । सामाजीक चेतनाको रुपान्तरणमा ईतिहास कोरेका भाका हरु पनि उहाहरुको गला र सारंगीको तालमा उस्तै मजाले घन्किन्छ । तर जतिनै चेतना र परिवर्तनका भाका गाए पनि सडक किनारमा सारंगी रेट्दै रुमाल थापेर जिबिका चलाउनु पर्ने बाध्यता पुस्तौनि देखि त्यहि छ ।उहाहरुकै दौतरी शिव गन्धर्व । बोलिमा निक्कै टाठा । आवाज र सारंगीको स्केलको तालमेलमा निक्कै ध्यान दिने । लगातारका सुरिला भाका पछि सारंगीको तार कस्दै स्केल नमिलाई हुदै नहुने । उहाको पनि ठुलो चाहि सन्तान बिद्यालय जान्छन् । उहाको आम्दानी अलिक बढि छ भुपाल र शंकरको भन्दा । सारंगी रेट्दै गीत श्रोताका माग अनुसारका भाका पस्किनु मात्र होईन उहा त सारंगी बनाउनु पनि हुन्छ । एउटा सारंगी बनाउन एक साता सम्म लाग्ने र ५ हजार रुपैया सम्ममा बेच्ने गरेको उहाले बताउनु भयो ।कतिपयले दुखले कमाएको आनासुको मस्ति र मदिरामा पनि सक्ने गरेका छन् । तर यसमा उहाको चित दुखाई छ । शिवले भन्नु भयॊ 'हामी त पढ्न नसकेर वा नपाएर सडकमै जीवन बिताउने भयौ तर अब त सन्तानका लागि सोच्नु पर्यो नि ।' दुख गरेरै भए पनि छोराछोरी चाहे सम्म पढाउने उहाहरुको धोको छ ।
Filed Under: फिचर


0 comments
Trackback URL | Comments RSS Feed