कटानले सामुदायिक वन संकटमा दुई करोड भन्दा बढीको क्षति
मेचीनगर अनलाइन
|
Saturday, September 4, 2010
|
0 comments
विष्णुप्रसाद पोखरेल दमक २० भाद्र/ झापाको दमक–१९ मा रहेको एउटा सामुदायिक वन रतुवा र मावा खोलाको संकटमा परेको छ । कटान क्रम तिव्र भएपछि सिङ्गो गाउँ नै बाढी पस्ने खतराबाट चिन्तित बनेको छ ।
बायोइन्जिनयरिङ पद्धति अपनाएर खोलो नियन्त्रणका लागि रतुवा र मावाको बीचमा २०५४ सालदेखि लगाउन शुरु गरिएको रमा सामुदयिक वन यी दुई खोलाको चपेटामा परेर संकटमा परेको हो ।
स्थानियवासीहरुको आफ्नै पलमा मरुभूमिलाई हरियाली बनाए पनि यो वर्ष खोलो पसेर पचास बिगाहा भन्दा बढी वन क्षेत्र र यहाा रहेका बोटविरुबा तथा रुखहरु बष्गाएको रमा सामुदायिक सेवा तथा प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम न्यौपानेले बताउनु भयो ।
दुई सय बिगाहा जमिनमा फैलिएको यो बन क्षेत्रको पचास बिगाहा जमिन कटान गरिसकेको र कटान गर्ने क्रम नरोकिएको न्यौपानेले बताउनु भयो । एकाउन्न हजार हुर्किसकेको बिरुवा समेत खोलाले बगाएको छ ।
![]() |
| कटान नियन्त्तणका लागि गरिएको प्रयास . तस्विर :- मेचीनगर अनलाइन |
पचास बिगाहा जमिन अहिले खालाको बगरमा परिणत भएको र यसबाट पाँच हजार भन्दा बढी ठूला साना बोट विरुबाहरु नष्ट भएको बताइएको छ ।
समितिका अध्यक्ष डिल्लीप्रसाद न्यौपानेका अनुसार प्रारम्भिक अनुमान गर्दा दुई करोड भन्दा बढीको क्षति पुगको छ । यसका साथै पाँच सय घर परिवार विस्थापित हुने अवस्थामा पुगको शनिबार पत्रकार सम्मेलन गरेर समितिले जनाएको छ ।
थप क्षति हुन नदिनको लागि सामुदायिक वनका रहेको बाँस काटेर दैनिक रुपमा उपभोक्ताहरु टाटी बाँधेर खोलालाई बन तिर पस्न नदिन बाँध बाँधिरहेको र यसमा सरकारी पहलल नभएको समितिले जनाएको छ ।
बाह्र बर्ष अगाडिको उजाड मरुभूमि हरियाली बनिसकेको तथा रतुवा र मावा खोलाबाट बर्षेनी पुग्न् क्षति न्यूनिकरण भएको अवस्थामा यो वर्ष बनले ठूलो क्षति व्यहोर्नु परेको जनाइएको छ । अहिलेकै गतिमा कटान हुँदै जाने हो भने बन क्षेत्र सकिने र खालो सिधै बस्तीमा पसेर दमक १९ का सयौं घरहरु बगाउने अवस्थामा रहेको बनका पूर्व अध्यक्ष बोधराज न्यौपानेले मेचीनगर अनलाईनलाई जानकारी गराउनुभएको छ । यता जिल्ला दैवी प्रकोप उद्धार समितिले भने यस विषमा जानकारी नभएको र त्यस्तो जानकारी भएको भए कटान रोक्नलाई प्रयास गरिने बताएको छ ।
जिल्लाको सबै क्षेत्रको क्षतिको विवरण संकलको क्रममा पनि यस विषयमा जानकारी नआएको समितिले जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाका अनुसार नगरपालिकाले यसको अनुगमन गर्ने र कटान रोक्नको लागि गर्न सकिने प्रयास सबै गरिने बताउनुभयो ।
कटान गर्दा दमकका सबै वडाहरु छुने चक्रपथ समेत संकटमा पर्दै आएको छ । कटान केही दिन नरोकिए चक्रपथमा आइपुग्ने खतरा बढेको छ । स्थानियबासीहरुको कडा मिहनेत र परिश्रमले निर्माण गरिएको यो वनमा कटान थप क्षति नपुगोस भनेर कटान नियन्त्रणका लागि के गर्न सकिन्छ तत्काल छलफल गरिने पनि खतिवडाले जानकारी गराउनुभएको छ ।
गत वर्ष झापाको दमकमा सबैभन्दा धेरै भौतिक क्षति भएको यहि सामुदायिक वन रहेको छ । रतुवा र मावाले दमकमा मात्र यस वर्ष सौं विगाहा खेतियोग्य जमिन कटान गरेको छ ।
Filed Under: समाचार


0 comments
Trackback URL | Comments RSS Feed