युवा अपहरणमा परेको आशंका
मेचीनगर अनलाइन
|
Sunday, September 5, 2010
|
0 comments
विराटनगर, भाद्र २० - मोरङ्ग जिल्ला रङ्गेली गाविस बस्ने १९ वर्षीय राहुल गुप्ता शनिबार साँझदेखि सम्पर्कविहीन रहेकोले निज अपहरणमा परेका हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालयको गरेको छ ।
अपहरित गुप्ता दुहवी इनरुवा सडकखण्डको ढलका ठेकेदार आरके गुप्ताको कन्सट्रक्सनमा सुपरभाइजर पदमा कार्यरत थिए । बेलुका घर फर्कनेक्रममा विराटनगरस्थित भृकुटी चोकमा रहेको मामाको हार्डवेयर पसलमा पुर्याइदिन्छु भनी अज्ञात समूहले
बसबाट ओर्लिने बित्तिकै उनलाई बेपत्ता बनाएको प्रहरीको भनाइ छ ।निजको खोजतलासका लागि विभिन्न नाकामा प्रहरीले कडा निगरानी राखिरहेको प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। राससFiled Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed