वाचक बन्ने आकांक्षा बोकेका अनुराग
मेचीनगर अनलाइन
|
Sunday, September 5, 2010
|
0 comments
धुलाबारी, २० भदौ ÷ ‘तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आइनौ’
‘३ महिनाअघि हिमालयन उच्च माविले विद्यालयको वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको अन्तिम चरणमा डिजराज पौडेलको यही गीत गाएको थिएँ ।’
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालको आयोजनामा सम्पन्न राष्ट्रिय भक्ति संगीत प्रतियोगितामा प्रथम भएका मेचीनगर–१ खयरडाँगीका अनुराग घिमिरेले विगत सम्झदै भने । प्रतियोगितामा उनले ‘भजन स्टार’को सम्मान पाए । सम्मानसँगै उनले नगद रु १० हजार पनि पाए ।
उनले नेपाली र हिन्दी भजन गाए निर्णायकहरुलाई लठ्याइ दिए ।
उपाधि उनलाई नै दिनु पर्ने एउटा कारण थियो उनको स्वरको माधुर्यता ।
उनले सानो उमेरदेखि नै हारमोनियम र तवला बजाउँदै आएका छन् । तर अहिले संगीत भन्दा गीत गाउन उनी लालायित छन् । भन्छन् – ‘गाउनुको मज्जै बेग्लै ।’
०५४ सालमा जन्मिएका अनुराग अहिले हिमालयन उच्च माविको कक्षा–८ मा पढ्छन् । सानैदेखि कक्षामा फुर्सद मिल्नासाथ गीत गाई हाल्थे रे । उत्साहित हुँदै उनले भने – ‘साथीहरु र सरहरु पनि गाउ भन्नु हुन्थ्यो ।’
घिमिरेको सफलताप्रति आमा अञ्जु पनि उत्तिकै खुशी छिन् । भजनकीर्तन, धार्मिक कार्यक्रममा अनुरागको सहभागिता हुने गरेको उनले बताइन् । ‘धर्मका विषयमा प्रवचन दिने गर्छ’, उनले भनिन् – ‘घरमा संस्कृत पनि पढ्दैछ, भागवत पढेर असल वाचक हुने इच्छा गर्छ ।’
तवला र हारमोनियम उनको घरैमा छ । अञ्जुले भनिन् –‘मलाई पनि संगीत प्रति चासो थियो र किनेको ।’ उनी अनुराधाका भजन सुन्न मन पराउने बताउँछिन् ।
पारिवारिक वातावरणले पनि होला, उनी भजन र आधुनिक गीत बढी मन पर्ने बताउँछन् । कैलाश कैरका गीत धेरै मन पर्छ’, उनले भने – ‘नेपाली गायक जगदिश समाल धेरै मन पर्छ ।’ दिनमा आधा घण्टा संगीत रियाज गर्छन् उनी । संगीत साधना गर्दै सामाजिक कार्यमा लागेर जिउने उनको लक्ष्य छ ।
साथीभाई र शिक्षकको प्रेरणाले पनि यो क्षेत्रमा लागेर केही गर्ने जोश बढेको उनले बताए । उनी भन्छन् – ‘स्कूलमा सरहरुले हिमालयनलाई हिमालजस्तो उचो बनायौ भन्नुभयो ।’
उनी पैसा कमाउनमा यति लालायित देखिदैनन् । भन्छन् –‘आफूलाई पुग्दो भए भयो, कमाएर बाँकी रहेको दिन दुःखीहरुको सेवामा लगाउँछु ।’
Filed Under: समाचार

0 comments
Trackback URL | Comments RSS Feed